अर्धनग्न अवस्थामा युवती झन्डिएको भेटिइन

 मंसिर ३, काभ्रे

बनेपा आईटीपार्कमा आज विहान अर्धनग्न अवस्थामा एक युवती रुखमा झुन्डिएको अवस्थामा फेला परेकी छन ।

जिल्ला प्रहरी कार्यालय काभे्रका डीएपी दीपक गिरीले पनौती नगरपालिका वडा न – ५ बस्ने २१ बर्षीय सुधा केसी रुखमा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

उनी काभ्रे क्यामपस बि.ए मा पढ्ने विद्यार्थी हुन् । मृतकले आफूले लाएको पाँच वटा लुगा फुकालेर रुखको फेदमा राखी ब्रा र पेन्टीमात्रै लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको गिरीले जानकारी दिनुभयो । बिहान ५ बजे क्यामपस पढ्न भन्दै घर बाट हिडेकी केसी घरबाट अन्दाजी तीन सय मिटर फरकमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन ।

डीएपी गिरीले अनुसन्धान भईरहेको बताउनुभयो । लाशको प्रकृति हेर्दा हत्या जस्तो नदेखिने, वरपर पनि खासै त्यस्तो नदेखिएको उहाँले बताउनुभयो ।

हरिबोधनी एकादशीको दिन कलेज नजान उनकी आमा र सानीमाले आग्रह गरेका थिए । काभ्रे क्याम्पसमा बिए दोस्रो वर्षमा अध्ययनरत सुधा बिहान उठेर हातमुख धोएर क्याम्पस गएकी होलिन भन्ने सोचेका थिए । तर केही समयपनि उनी रुखमा झुण्डिएको खबर आयो ।

धेरै नबोल्ने स्वभावकी सुधाको कसैले कतव्र्य गरेर झुण्डाएको हुनसक्ने डिएसपी गिरीको भनाई छ । घटनास्थल नजिकै ज्याकेट, टि–सर्ट, समिज, जिन्सको पाइन्ट, ट्राउजर तथा चप्पल पनि फेला परेको छ ।

उनका २ दाजुहरु छन् । कान्छो दाई विदेशमा छ भने जेठो काठमाडौंमा । उनका बुबाले २ विवाह गरी काठमाडौंमै बस्दै आएका छन् । उनले आत्महत्या नै गरेको हो भन्न सकिने अवस्था नरहेको डिएसपी गिरीको भनाई छ । आत्महत्यामा उनकै सल प्रयोग गरिएकाले घटना थप रहस्यमय बनेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

घरायसी कारण  युवतीको मृत्यु :

युवतीको मृत्युको कारण घरायसी झगडा नै भएको खुल्न आएको छ । विहान कलेज ड्रेस लगाएर पढ्न जान लागेकी छोरीलाई आमाले आज एकादशी हो घरमा पूजा पनि गर्नु पर्छ । कलेजमा पढाई पनि हुदैन होला, नजाउ कपडा खोलेर घरैमा बस भने पछि युवती आमासँग रिसाएर घरबाट बाहिर निस्केकी थिइन् ।

घरबाट २ मिनेट पर गएर ‘ल कपडा खोल भनेको होइन’ भन्दै रिसाउँदै युवतीले आफूले लगाएको कपडा खोलेर एकैठाउँमा थुपारेपछि आफू झुण्डिएकी थिइन् । उनको परिवारले छोरीको हत्या नभएर आत्महत्या नै भएको स्वीकारेको छ भने अस्पतालबाट पोष्टमार्टम गरि शव पनि बुझेर लगेका छन् ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *