काभ्रेमा अदालतबाट दोषी ठहर गरी कैद र जरिवना लागेकाको सेवा सुविधा रोक गरीने

काभ्रेमा अदालतबाट दोषी ठहर गरी कैद र जरिवना लागेकाको सेवा सुविधा रोक गरीने

जिल्ला अदालत काभे्र फैसला कार्यान्वयन समितिले अदालतबाट दोषी ठहर गरी जरिवना तथा कैद सुनाईएका ब्यक्तिहरु फरार रहेका कारण फैसला कार्यान्वयन हुन नसकेको ठहर गर्दैे त्यस्ता ब्यक्तिहरुको सेवा रोक्काका लागि स्थानीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

 

हालै जिल्ला न्यायाधीश अर्जुन प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा न्यायाधीशहरु दिपक खरेल र दुर्गा खड्का, सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, डिएसपी दिपक गिरी, जिल्ला सहन्यायाधीवक्ता सन्तोष कटुवाल, श्रेस्तेदार ठाकुरचन्द्र त्रिताल, नेपाल बार एशासिएसन काभ्रेका अध्यक्ष कृष्ण सापकोटा, जिल्ला कारागार कार्यालय काभ्रेका प्रमुख जंगबहादुर राई, मालपोत अधिकृत जयन्त भट्टराई, तहशिलदार खीलहरी अधिकारी लगायतको बैठकले स्थानीय सरकार मार्फत सेवा रोक्का गरी फैसला कार्यान्वयन गर्ने निर्णय गरेको श्रेस्तेदार ठाकुरचन्द्र त्रितालले जानकारी दिनुभयो ।

 

जिल्ला अदालत मार्फत ६३ करोड ९५ लाख ३२ हजार ८ सय ८६ रुपैया असुल गर्न बाँकी छ भने ९ सय २४ वर्ष ५ महिना १७ दिन कैद असुल गर्न बाँकी छ । चालु वर्षको चार महिनामा ५८ वर्ष ८ महिना १८ दिन कैद तथा ३ लाख ४४ हजार ९ सय २५ रुपैया असुल भएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ७ सय ६९ मुद्दा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरि आएका थिए भने चालु वर्षको चार महिनामा ३ सय ५७ वटा दर्ता भएका छन् । २ सय १४ वटा देवानी, सरकारवादी फौजदारी ६५, निषेधाज्ञा ४ र देवानी फौजदारी ७४ वटा दर्ता भएका छन् ।

जिल्लामा ११ सय २६ वटा मुद्दा रहेका छन ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *