काभ्रे घरघरमा खानेपानी धारा आएपछि बल्थलीबासी खुशी

मंसिर १६,काभ्रे

भूकम्पका कारण खानेपानीको हाहाकारमा रहेका पनौती नगरपालिका–११ बल्थलीका स्थानीयबासीको घरघर मै खानेपानी आएपछि खुशीयाली छाएको छ ।

भएका मुहान समेत सुखेपछि खानेपानीको चरम अभाव झल्दै आएका यहाँका स्थानीयहरुलाई गैरसरकारी संस्था कारितास नेपालले खानेपानी मुहानको मर्मत सम्भार तथा नयाँ निर्माण गरी दिएपछि स्थानीयहरुमा खुशीयाली छाएको हो ।

भूकम्प गएको करिब ४३ महिनापछि यहाँका स्थानीयहरुको घरघरमा खानेपानी आएपछि उत्साह छाएको छ । कारितास नेपालका जिल्ला संयोजक सुवास सापकोटाले कुल ३२ लाख ७८ हजार ८६२ लागतमा खानेपानी आयोजना सम्पन्न भएको जानकारी दिनुभयो ।

खानेपानी आयोजनामा कारितासले २५ लाख २९ हजार ३५७ र समुदायले सात लाख ४९ हजार ५०५ श्रमदान गरेको सापकोटाले बताउनुभयो । जरुवा खानेपानी आयोजना, नेपाने खानेपानी आयोजना, डाँडागाउँ खानेपानी आयोजना र पोखरी डाँडा खानेपानी आयोजना निर्माण सम्पन्न भएर स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ ।

यस आयोजनाबाट ३४१ परिवारका एक हजार ७५२ परिवार खानेपानीबाट लाभान्वित भएका छन ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *