कृषि क्षेत्रमा सरकारको प्राथमिकताः सञ्चारमन्त्री बाँस्कोटा

कृषि क्षेत्रमा सरकारको प्राथमिकताः सञ्चारमन्त्री बाँस्कोटा
चैत्र १९,काभ्रे
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कृषि क्षेत्रलाई सरकारले प्राथमिकताका साथ लगानी गर्न लागेको बताउनुभएको छ । ६२ औं सहकारी दिवसको अवसरमा मंगलबार बनेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री बाँस्कोटाले अर्थतन्त्रको विकास विना मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुहँदै कृषि क्षेत्रको लगानीले मात्र त्यो सम्भव छ भन्नुभयो ।

सरकारले कृषि सहकारीहरु मार्फत किसानलाई सहुलियतमा ऋण लगानी गर्न लागेको मन्त्री बाँस्कोटाले बताउनुभयो । ‘१० प्रतिशत भन्दा बढी भार कृषकलाई नपर्ने गरी सरकारले कृषि सहकारीलाई ऋण लगानी गर्न लागेको छ, उहाँले थप्नुभयो– यसले कृषिको उत्पादन, व्यवसायीकरण र आधुनिकीकरणमा टेवा पुग्ने विश्वास लिएका छौ ।’ मन्त्री बाँस्कोटाले मुलुकलाई कृषि, पशुपालन, खाद्यन्न, मासुजन्य उत्पादनमा आत्मानिर्भर बनाउन प्रत्यक्ष समुदायसँग जोडिएका किसानलाई लगानी गर्न खोजिएको बताउनुभयो । कार्यक्रम मात्र ल्याएर हुँदैन हाम्रो आयात बढी रहँदा निर्यात गर्न नसकेपनि पनि मुलुकलाई आत्मार्निभरताको खोजीमा जाने हो भने अब समुदायलाई परिचालित कृषि कार्यक्रम गर्न सक्नुपर्छ भन्नुभयो ।

उहाँले सहकारीहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो । तपाईहरु कृषि, बचत तथा ऋण, लघुबित्त, बहुद्देश्य जे भएपनि उत्पादन मुलक क्षेत्रमा लगानी केन्द्रित गर्नुहोस्, यसले किसानहरुले सहुलियत लिन सकुन । उहाँले सहकारीलाई समाजवाद निर्माणको पिलरका रुपमा सरकारले लिएको बतानुहँदै राज्यबाट सहकारी उपेक्षित हुन नसक्ने बताउनुभयो । ‘सहकारीलाई उपेक्षित गरेर सरकारले आर्थिक समृद्धिको दिशा, गती र उपलब्धी हासिल गर्न सक्दैनौ । सहकारीकर्मीहरुलाई हौसला प्रदान गदै मन्त्री बाँस्कोटाले भन्नुभयो्– तपाईहरु अलमल नपर्नुहोस्, बरु यसलाई सरलीकृत गरेर साँच्चै सहकारीको भावना अनुसार अगाडि बढ्नुहोस् ।’

कार्यक्रममा सांसद गंगाबहादुर दोङले सरकारले लिएको दिगो विकास लक्ष्यलाई पुरा गर्न सहकारी कारक हुने बताउनुभयो । उहाँ सहकारी र सरकारले दिगो विकास लक्ष्य पुरा गर्न हातेमालो र सहकार्य गरेर अगाडि बढ्न सक्नुपर्छ भन्नुभयो ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *