ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले ५७ जनालाई दिक्षित ग¥यो

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले ५७ जनालाई दिक्षित ग¥यो
चैत्र १९, काभ्रे
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले ५७ जना विद्यार्थीलाई दिक्षित गरेको छ । जिल्लामै उत्कृष्ट रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५७ जना विद्यार्थीहरु एक भब्य समारोहका बीच पञ्चकन्या बैन्क्वेट बनेपामा दिक्षित भएका छन् ।

कार्यक्रम शैक्षिक प्रतिष्ठानका अध्यक्ष श्री सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक प्रिन्सिपल, अभिभावक, शिक्षक÷शिक्षिकाहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक श्री प्रताप वैद्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै निर्देशक वैद्यले भन्नुभयो, प्रतिष्ठानले बालमैत्रि वतावरणमा बाल मनोपरार्मशदाताहरु सहितको उपस्थितीमा शिक्षण सिकाई क्रियाकलाप गर्दे शैक्षिक सत्र २०७६ मा पनि विद्यार्थीहरुको शिक्षाका साथ साथै नेतृत्व विकासका लागि पढाई संग सम्बन्धीत विभिन्न किसिमको थप कार्यक्रमहरुको आयोजना गर्ने प्रतिवद्धता गर्नु भयो ।

प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरुका बिच लोकप्रिय रहेको विद्यालय आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गर्नु भयो । साथै उहाँले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उत्तरोत्तर प्रगति र उज्जवल भविष्यको कामना समेत गर्नुभएको थियो । कार्यक्रममा किन्डरगार्टेन तहमा अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले दर्जनौ भन्दा बढि बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा दिक्षित भएका विद्यार्थीहरुका अभिभावकहरुले यस्ता प्रकारका समारोहले नानी÷बाबुहरुमा शिक्षण सिकाईमा रुची बढ्नुका साथै व्यक्तित्व बिकासमा समेत वृद्धि भई भविष्यमा असल नागरीक बन्नेमा खुसी व्यक्त गर्दै आगामि दिनहरुमा समेत यस्तै विविध शैक्षिक क्रियाक्रलाप सञ्चालन गर्नमा जोड दिईएको छ ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *