तेमालको राधाकृष्ण माविको भवन उद्घाटन

तेमालको राधाकृष्ण माविको भवन उद्घाटन

चैत्र १९, काभ्रे

तेमाल गाउँपालिकाको चापाखोरीमा रहेको राधाकृष्ण माध्यामिक बिद्यालयको नवनिर्मित भवन उद्घाटन भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले एक कार्यक्रमका बीच मंगलबार उक्त भवनको उद्घाटन गर्नुभएको थियो । केन्द्रीय आयोजना (शिक्षा) ले उक्त भवन चार करोड ४० लाख १७ हजार ४४६ लागतमा निर्माण सम्पन्न गरेको हो ।

१४ वटा कोठा निर्माण गरिएको उक्त भवन सम्झौता भएको करिब १८ महिनामा सम्पन्न भएको थियो । विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव, बालकक्षा र आठ कक्षा कोठा रहने छन । अपाड्ढमैत्री, बालमैत्री सहित निर्माण भएको बिद्यालयमा छात्र र छात्रा शैचालय रहेको छ ।

कार्यक्रममा सांसद गंगाबहादुर दोङ, नविना लामा, गाउँपालिका अध्यक्ष सलामसिंह लामा, जिल्ला कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख निर्मल घिमिरे, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सग्रामजीत लामा लगायतले मन्तव्य राखेका थिए ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *