नमोबुद्ध नगरपालिकाको पाँचौं स्थापना दिवस तथा नगरको भवन उद्घाटन सम्पन्न

नमोबुद्ध नगरपालिकाको पाँचौं स्थापना दिवस तथा नगरको भवन उद्घाटन सम्पन्न

मंसिर १६, काभ्रे

नमोबुद्ध नगरपालिकाको पाँचौ. स्थापना दिवस तथा नवनिर्मित भवनको उद्घाटन सम्पन्न भएको छ । नगर कार्यपालिकाको कामहरु भाडामा घरमा रहेर काम गर्दा भएको असहजता  हटेको छ ।

नगर कार्य पालिकाले आज एक कार्यक्रमको विच भवनको उद्घाटन गरेको हो । सो कार्यक्रममा नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधि मन्त्रि गोकुल बास्कोटाको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रम नगरपालिकाका प्रमूख टंकप्रसाद शर्माको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

नगर कार्यपालिकाको नँया भवनले स्थानिय नागरीकहरुमा पनि उत्साह थपिएको छ । अबका दिनहरुमा सहज सेवा पाईने नागरीकले आशा गरेका छन् । कार्यक्रममा बोल्दै प्रमूख अतिथी गोकुल बास्कोटाले बस्तीको विचमा रहेका ईट्टाभट्टाहरुबाट नागरीकमा परेको असरलाई मध्यनजर गरी यस्ता उद्योगहरु बस्तीबाट टाढा लानुपर्ने उहाँले बताउनुभएको थियो । त्यस्तै रोशि खोलामा अवैधानिक रुपमा रहेका क्रसरहरुको निरीक्षण गरी त्यस्ता उद्योगहरु बन्द गरी विकलप खोज्नुपर्ने उहँले बताउनुभएको छ ।

सबै नागरीकले वातावरण संरक्षणमा जोड दिएर लाग्नुपर्ने उहाँले बताउनुभएको छ । स्थानिय तहका प्रतिनिधिहरुलाई अवसर रहेकाले काम गरेर देखाउन पनि उहाँले निर्देशन दिनुभएको छ । काभ्रे जिल्लालाई अब प्रविधिमैत्रि बनाएर लाने पनि उहाँले बताउनुभएको छ । त्यस्ते उहाँले सन २०२१ सम्म्मा सबै नागरीकलाई आधारभूत खानेपानिको पनि व्यवस्था गरीने उहाँले बताउनुभएको छ । 

कार्यक्रममा विभिन्न जातजातीको झाँकि तथा विभिन्न विद्यालयका विद्यार्थीहरुको प्रस्तूती रहेको थियो ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *