नमोबुद्ध नगरपालिका वडा नं ५ बाट नमुना प्रवलिकरण कार्यक्रम सुरु

मिना लामा, चैत्र २८, काभ्रे

जिल्लाको नमोबुद्धनगरपालिका वडा नं ५ मा नमुना प्रवलिकरण कार्यक्रम सुरु भएको छ । नेपाल सरकार राष्ट्र पूर्ननिमाण प्राधिकरण र केन्द्रीय आयोजना कार्यन्वयन इकाई भवनको आयोजनामा सो कार्य नमोबुद्ध नगरपालिका वडा नं ५ फलाटे गैराका, छत्र बहादुर परियारको घरबाट सुरु गरिएको हो ।

भूकम्प पछि आंसीक लाभग्राहिमा परेकाहरुले प्रवलिकरण अन्र्तग अनुदान प्राप्त गर्ने गर्दछन् । भुकम्प पछि प्रवलिकरण भने काभ्रे जिल्लाबाट सुरु गरिएको हो । राष्ट्रीय पूर्ननिमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले प्रवलिकरणलाइ अभियान कै रुपमा लानु पर्ने भन्दै अभियानको शुरुवात भएको घोषणा समेत गर्नु भयो ।

केन्द्रीय आयोजना कार्यन्वयन इकाई भवनका निर्देशक नवराज प्याकुरेलका अनुसार अहिलेको समयको मागअनुसार प्रवलिकरणलाइ जोड दीनु पर्ने र यसको महत्वभुकम्प पिडितहरु माझ प्रस्टाउनु पर्ने बताउनु भयो । पुनःनिर्माण प्राधिकरणको सहजीकरणमा ३२ जिल्लामा बेलायती अन्तर्रा्ष्टिय विकासनियोग को आर्थिकसहयोगमा ग्ल्इएक् र दगष्मि अजबलनभ नामक अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले प्रवलिकरणको काम गर्ने छ ।

नमोबुद्ध नगरपालिका को वडा नम्बर ५ मा १ सय ४० को हाराहारीमा आंशिक क्षतिमा परेका लाभग्राहि रहेको वडाध्यक्ष बुद्ध सिं तामाङले जानकारी दिनुभयो ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *