असल अभिभावकलाई सम्मान

 

मंसिर १, काभ्रेपलाञ्चोक

काभ्रेको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकामा सञ्चालित पहुँच परियोजना अन्र्तगत असल अभिभावकत्व कक्षामा सहभागी अभिभावकहरुलाई अशल अभिभावकको प्रमाणपत्र वितरण गरेको छ ।

सेभ् द चिल्ड्रेनको सहयोगमा नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा नाङ्शाल एशोसिएसन नेपालले दलित समुदायका र बालअक्षयकोष प्राप्त गरेका अनाथ बालबालिकाका अभिभावक र संरक्षकहरुलाई अभिभावक कक्षा पश्चात प्रमाणपत्र वितरण गरेको हो ।

 

१४ हप्ता सम्म नियमित रुपमा कक्षामा सहभागी भई अशल अभिभावकत्व सम्बन्धी सीप हासिल गरि व्यवहारमा परिवर्तन आएका रोशी गाउँपालिकाका १० जना र नमोबुद्ध नगरपालिकाको ४४ जना अभिभावकहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।


प्रमाणपत्र वितरण गर्दै रोशी गाउँपालिकाको अध्यक्ष डिवि लामाले यस्ता नमुना कार्यक्रमहरुलाई गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रमाण पत्र ग्रहण पश्चात रोशी ९ को केशरी माया श्रेष्ठले भन्नु भयो । “हामीले बाल अक्षय कोष तथा सामाजिक सुरक्षा भत्ताको बारेमा सम्पूर्ण थहा थिएन थहा पायौँ, आफ्नो बच्चालाई के गर्न हुने र के गर्न नहुने पनि जानकारी पायौँ अहिले त्यहि अनुसार व्यवहार गर्छु ” अभिभावकहरुलाई गाउँगाउँमा गएर १४ हप्ता सम्म अभिभावक कक्षा सञ्चालन गरेका थिए ।

कार्तिक ३० गते रोशी गाउँपालिका वडा नम्बर ११ को शान्तिबुद्ध प्राथमिक विद्यालयमा एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष डिवि लामाले प्रमाणपत्र वितरण तथा दोसल्लाले सम्मान गरेका थिए ।

कार्यक्रम नाङ्शाल एशोसिएसन नेपालको अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष हरु मिलन लामा, दुतराज तामाङ, सेभ् द चिल्ड्रेनको परियोजना संयोजक पुष्कर काफ्ले, नाङशाल एशोसिएसन नेपालको कार्यसमिति सदस्य लालकुमार पाख्रीन, कार्यकारी निर्देशक गुणराज मुक्तान लगायतको उपस्थिति थियो ।

त्यसै गरि मंसिर २ गते नमोबुद्ध नगरपालिकाको वडा नं.४ को कार्यालय भकुण्डेवेसीमा नमोवुद्ध नगरपालिका अन्र्तगतका अशल अभिभावकहरुलाई नगर प्रमुख टिपि शर्मा तिमिल्सिनाले प्रमाण पत्र वितरण गरेका थिए ।


प्रमाणपत्र पाएका अभिभावक सरिता सुन्दासले “ मैले यो कक्षा लिए पछि आफ्नो २ छोरालाई कक्षामा सिके अनुसारको व्यवहार गरेको थिए, स्कुल छोडेर बसेको छोरा फेरी स्कुल जान मन गरे अहिले नियमित पठाई रहेको छु ” भन्नु भयो ।

 

प्रमाण पत्र वितरण कार्यक्रममा वडा नं.४ को वडा अध्यक्ष उद्धव प्रसाद काप्mलेले आगामी वर्षमा ५ वर्ष मुनीको दलित बालबालिकालाई दिने पोषण अनुदान नगरका सबै बालबालिकालाई दिने तयारी भइरहेको बताउनु भयो ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख टिपि शर्मा तिमल्सिनाले नाङशाल एशोसिएसन नेपालले गरेका कामहरुले नगरको सम्वृद्धिमा योगदान पुगेको बताउनु भयो ।


सरकारले पोषण भत्ता मात्र दिएको त्यसको सदुपयोग नभएकोले सचेतना कक्षाहरु सञ्चालन गर्दै आएको र अहिले पाइलटिङको रुपमा आन्तराष्ट्रिय बाल विकास कार्यक्रम र पारिवारिक बजेटीङ लगायतका विषय समेटेर यो कक्षा सञ्चालनमा ल्याएको जानकारी नाङशाल एशोसिएसन नेपालको परियोजना संयोजक विमला सापकोटाले जानकारी दिनु भयो ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *