बसको ठक्करबाट एक युवकको मृत्यु

मंसिर १०, काभ्रे

बीपी राजमार्ग अन्र्तगत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा मिनीबस र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइल चालकको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाईते भएका मोटरसाइकल चालक मोरङ जिल्ला सानोपोखरी–७ बस्ने ३९ बर्षीय पूर्णबहादुर मगरको उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक दीपक गिरीले आज दिउँसो काठमाडौबाट भकुण्डे तर्फ जाँदै गरेको को २८ प १३१४ नम्बरको मोटरसाइक विपरित दिशाबाट आउँदै गरेको बा ३ ख २५४१ नम्बरको हिमाल तराई यातायातको बससँग ठक्कर खादा मोटर साईकल चालकको मृत्यु भएको जानकारी दिनुभयो ।

भकुण्डे प्रहरी चौकीले बस चालक नियन्त्रणमा लिएर अनुसन्धान गरी रहेको गिरीले जानकारी दिनुभयो ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *