भकुण्डेवेसीमा नेपाली कांग्रेसको पार्टी कार्यालय बन्ने

भकुण्डेवेसीमा नेपाली कांग्रेसको पार्टी कार्यालय बन्ने

पौष २१, काभ्रे

नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं १ काभ्रेको पार्टी कार्यालय भवन भकुण्डेवेसीमा बन्ने भएको छ । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा क्षेत्रीय समितिको पार्टीकार्यालय भवन भकुण्डेवेसीमा बनाउने घोषणा गरेको छ ।

२ वर्ष अगाडी नै क्षेत्रीय समितिले भवन निर्माणको लागि २५ आना जग्गा खरिद गरिसकेको थियो । अन्तरक्रिया कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्री शिव प्रसाद हुमागाँईको प्रमुख अतिथ्यता र क्षेत्रीय सभापति निवर्तमान सांसद तीर्थ लामाको सभापतित्वमा सम्पन्न भएको थियो । 

कार्यक्रम स्थलमा उपस्थित नेपाली कांग्रेसका नेता तथा सुभेच्छुकहरुले स्वैच्छिक रुपमा आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । जम्मा १२७०,८९० रुपैया आर्थिक सहयोगको घोषणा भएको छ भने सो मध्ये ५,७४,२१६ रुपैयाँको कार्यक्रम स्थलमा नै चेक प्राप्त भएको जानकारी क्षेत्रीय सचिव गुणराज मुक्तान दिएको छ । अबको करिब ६ महिना भित्रमा एक सभा हल सहितको २ तले पार्टी कार्यालय भवन निर्माण गरि छाड्ने क्षेत्रीय सभापति लामाले प्रतिवद्धता जनाउनु भएको छ भने क्षेत्र नं.१ अन्र्तगत पार्टी जिम्मेवारीमा रहेको साथीहरुलाई पनि न्यूनतम आर्थिक सहयोग निर्धारण गरेर लिने निर्णय भएको बताउनु भयो ।

 

आर्थिक सहयोगको घोषणा तथा प्राप्त विवरण

१. अनिस लामा रु ५१०००।–
२. सुरेश कुमार लामा रु. ४०,०००।–
३. कविराज श्रेष्ठ रु २०००००।– (कार्यक्रम स्थलमा हस्तान्तरण भएको)
४. दुतराज तामाङ्ग रु ५१५५१।–
५. ज्ञान बहादुर मोक्तान रु ५११५०।–
६. विदुर प्रसाद वर्तौला रु ५११५१।–
७. दुर्गामाया तामाङ्ग रु ५११०५।–(कार्यक्रम स्थलमा हस्तान्तरण भएको)
८. लक्ष्मीकुमारी उप्रेती ५११०५।–
९. मिलन लामा रु ५११००।–
१०.मिकासजित लामा रु ५११०५।–
११. विकुलाल मोक्तान रु ५११०५।–
१२. कमला लामा रु २५०००।–
१३. ज्ञानीमाया लामा रु ३०,०००।–
१४. नारायण थोकर रु २५०००।–
१५.प्रविण लामा रु १,११,१११ ।– (कार्यक्रम स्थलमा हस्तान्तरण भएको)
१६. हर्कसिं घिसिङ्ग रु ३०,०००।–
१७. केदार आचार्य रु १०१००० ।– (कार्यक्रम स्थलमा हस्तान्तरण भएको)
१८. सलाम सिं तामाङ्ग रु १,११,१११।–
१९. कुन्साङ्ग लामा रु १११००० ।– (कार्यक्रम स्थलमा हस्तान्तरण भएको)
२०. शुभलक्ष्मी मानन्धर रु २६३००।–

नेपाली कांग्रेस क्षेत्र नं.१ अन्र्तगतका पार्टी जिम्मेवारीमा रहेका व्यक्तिहरुलाई निर्धारण गरेको न्यूनतम आर्थिक सहयोग

१. जिल्ला समिति पदाधिकारी रु ४०,०००।–
२. जिल्ला समिति सदस्य रु ३०,०००।–
३. महासमिति सदस्य रु ४०,०००।–
४. महाधिवेशन प्रतिनिधि रु ३०,०००।–
५. क्षेत्रीय समिति पदाधिकारी रु २५०००।–
६. क्षेत्रीय समिति सदस्य रु १५००० ।–
७. निर्वाचित जनप्रतिनिधिहरु ः न्यूनतम एक महिनाको तलब बराबरको रकम ।

८. निर्वाचनमा उम्मेदवार भएको व्यक्तिहरु ः निर्वाचितले प्राप्त गर्ने सुविधाको १५ दिन बराबरको रकम ।

९. गाउँ÷वडा सभापतिहरु ः रु १०,००० ।–

१०. भातृ एवं सुभेच्छुक संस्थाहरुबाट रु ५०,०००। संकलन गरि उपलब्ध गर्नुपर्ने ।

अन्य पार्टी नेता÷कार्यकता÷सदस्य तथा सुभेच्छुकहरुमा स्वैच्छिक आर्थिक सहयोगको आव्हान गरिएको छ ।

 

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *