रेडियो रोशीको सफल प्रशारण अवधीको एक बर्ष पुरा


बैशाख १, २०७६, काभ्रे


समृद्धिको निम्ति सञ्चार भन्ने मूल नाराका साथ रोशी गाउँपालिकाको सहयोगमा नाङशाल एशोसिएसन नेपाल मार्फत संचालित रेडियो रोशी १०१.६ मेगाहर्जले आज एक बर्ष पुरा गरेको छ ।

स्थापनाको शुरुवाती अवस्थामा केही सिमित कार्यक्रम र गीत संगीत मात्र प्रशारण गरिरहेको रेडियोले हाल श्रोताहरुको मागबमोजिम बिहान ५ बजे देखि बेलुकी १० बजेसम्म निरन्तर १७ घण्टा संचालनमा रहेको छ भने १०० भन्दा बढी बिज्ञापन पनि प्रशारण गरिरहेको छ । रेडियोले आफनो उद्धेश्य अनुरुप समुदाय सचेतना र सञ्चारको पहुँचलाई जनस्तर सम्म लैजान समुदाय र रेडियोको सहकार्यलाई प्राथमिकतामा राखेको छ ।

रेडियोका श्रोताहरु स्वभावैले फरक फरक रहेका हुन्छन । श्रोताको मागलाई सम्बोधन गर्न सकियो भने मात्र रेडियोका कदमहरु सफल बन्न सक्छन भन्ने कुरालाई मध्यनजर गरी रेडियोले बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म अनवरत रुपमा फरक फरक कार्यक्रमहरु प्रशारण गरिरहेको छ ।

धर्म संस्कृतिका बिबिध पाटाहरुलाई उजागर गर्न बिहान ५ बजेदेखि ६ बजेसम्म धार्मिक भजन र प्रवचनहरु प्रशारण गरिरहेको छ । त्यसैगरी गीत संगीतका फरक आयामहरुलाई श्रोतासामु पस्किन र श्रोताको सहभागिता र चाहना अनुरुप तपाईंको रोजाइ, रोशीका सुशेली, रोशी डबली, जस्ता कार्यक्रमहरु राजन दाहाल, अरुण न्यौपाने लगायत फरक फरक प्रस्तोताहरु मार्फत प्रशारण भइरहेको छ । लुकेर रहेका प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने अभिप्रायले अन्ताक्षरी कार्यक्रम रामचन्द्र नेपालीको साथमा र गायन मन्च तीर्थराज थिङको साथमा प्रस्तुत भइरहेको छ । समुदाय सहकार्य र सचेतनाको लागि रोशी गाउँपालिकासँगको सहयोग र समन्वयमा हरेक दिन बेलुकी ७ बजेदेखि ७ः३० बजेसम्म रोशी डायरी प्रशारण भइरहेको छ । कार्यक्रमले सेवा प्रदायक र सेवाग्राही बिच बिश्वसनीय वातावरण बनाएको र यसलाई निरन्तरता दिनुपर्ने श्रोताहरुको सुझाव रहेको छ ।

साहित्यि अनुरागी श्रोताहरुलाई लक्षित गरेर सरगम र शब्द परिधि किरण बिबाहित मार्फत र बिभिन्न साहित्यकारका रचनाहरु वाचन गर्ने कार्यक्रम साहित्य सुधा प्रदीप हुमागाई मार्फत प्रशारण भएको छ भने गजलप्रेमी श्रोताहरुको मागलाई सम्बोधन गर्न तीर्थराज थिङ मार्फत गजल सन्ध्या प्रशारण भइरहेको छ ।

नेपाली समाजमा बहुभाषा र बहुसंस्कृति रहेको छ । समाजमा बिद्यमान भाषा संस्कृतिको जगेर्ना गर्ने तर्फ रेडियो सधैँ सचेत रहेको छ । भाषा संस्कृतिको जगेर्ना र भाषाभाषी श्रोताको मागलाई सम्बोधन गर्न तामाङ भाषाको कार्यक्रम सेम्ला न्हान र तामाङ संस्कृति बिशेष कार्यक्रमहरु सर्जिला तामाङको साथमा प्रशारण भइरहेको छ ।

रेडियोले मनोरन्जन सँगै सचेतना दिने विचार विश्लेषणात्मक कार्यक्रमहरु संचालन गरिरहेको छ । सम्बन्धित निकायका आवाज श्रोता सम्म पुरयाउने र सेवामा गुणस्तर एवं सम्बन्धित पक्षलाई जवाफदेही बनाउने उद्धेश्यले हरेक दिन कलासाहित्य, अधिकारका सवालहरु, राजनैतिक व्यक्तित्व र स्थानीय सरकारका प्रतिनिधिहरुसँग फरक बिषय र फरक व्यक्तित्वका साथमा प्रस्तोताहरु छबि चौँलागाई, गुणराज मुक्तान र महेन्द्र थिङ मार्फत हप्ताको सातै दिन रोशी सम्वाद प्रशारण गरिरहेको छ ।

त्यसैगरी हरेक दिन श्रोताका शुभकामना र जानकारीमूलक कार्यक्रम शुभविहानी शोभा हुमागाईको साथमा प्रसारण भइरहेको छ । लक्षित वर्गको आवाजलाई प्रस्फुटित गर्न नारी आवाज सिर्जना तामाङको साथमा प्रशारण भएको छ भने कृषकहरुलाई लक्षित गरेर तयार गरेको कार्यक्रम कृषि सरोकार पनि यस कुमारको साथमा प्रशारण भएको छ त्यसैगरी सहकारी क्षेत्रका सफलता र नवीन अभ्यासहरुलाई श्रोतमाझ पुरयाउन कार्यक्रम सहकार्य प्रशारण गरिरहेको छ । साथै शिक्षा क्षेत्रलाई मध्यनजर गरी हाम्रो बिद्यालय र विपद व्यवस्थापनका बिविध पक्षहरुलाई समेटने कार्यक्रम उत्थानशील समाज पनि प्रशारण गरिरहेको छ । मनोरन्जनात्मक र सन्देशमूलक कार्यक्रम कान्छीको आँगन पनि प्रशारण भइरहेकोछ भने प्रस्तोता प्रमिला साथमा गाँउखाने कथाको कार्यक्रम गाउँका कुरा पनि प्रशारण भइरहेको छ ।

शुरुवाती अवस्थामा भिन्न बिशेषताका साथ सूचना र जानकारीको लागि बिहान ८ बजे र बेलुकी ६ बजे रोशी खबरको रुपमा समाचार प्रशारण गरिरहेकोमा श्रोताहरुको माग बमोजिम हाल बिहान ८ बजे रोशी खबर, १० बजे २ बजे, ४ बजे खबर अपडेट र बेलुकी ६ बजे रोशी खबर पशारण गरिरहेको छ साथमा सिआइएन बिबिसी र उज्यालो रेडियो नेटवर्कको सहकार्यमा दैनिक १२ पटक समाचार प्रशारण भइरहेको छ ।

यसरी रेडियोले श्रोताको मागबमोजिम कठिन परिस्थितिमा पनि आफनो आरोह अवरोहलाई अनवरत रुपमा अगाडि बढाइरहेको छ । हाल सम्मको रेडियोको यात्रामा बिभिन्न निकायको साथ र सहयोग अतुलनीय रहेको छ र आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा रहनेछ । यस बीचमा रेडियोले केही कठिनाइहरु पनि व्यहोर्नुपरेको छ ।

धेरैजसो समय बिद्युत अवरोधका कारण प्रशारण बन्द हुने र कहिले प्राकृतिक बिपत्ति चटयाङको कारण प्रशारणमा अवरोध पुग्ने गरेको छ । मेशीनरी सामानमा आउने गडबडीका कारण ले गर्दा पनि समस्या व्यहोर्नुपरेको छ तापनि श्रोताहरुको मागलाई ध्यानमा राख्दै निन्तर अगाडि बढिरहेको छ ।

रेडियोमा आउने समस्या समाधानको लागि लालकुमार पाख्रिनको संयोजकत्वमा गठित व्यवस्थापन समितिको क्रियाशीलता र स्टेशन म्यानेजर गुणराज मुक्तान तथा संस्थाका अध्यक्ष दिनेश लामाको समन्वय र सहयोग प्रशंसनीय रहेको छ ।
यसैगरी सहकार्यमा संलग्न, रोशी गाउँपालिका, तेमाल गाउँपालिका नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका पनि धन्यवादका पात्र रहेका छन् ।
आगामी दिनमा पनि श्रँोताहरुलाई केन्द्रमा राखेर कार्यक्रमहरु थप गर्दै गुणस्रतीय बनाउने तर्फ रेडियो लागिपर्नेछ । सामुदायिक रेडियो भएकोले यसलाई जिवित राखेर दिगो प्रशारण गर्न बिज्ञापनको भूमिका महत्वपूर्ण रहन्छ ।

बिज्ञापनदाताहरुको निरन्तर साथ र सहयोगको अपेक्षा रहेको छ भने सरकार मार्फत पनि रेडियो र सञ्चारकर्मीहरुको हकहितको लागि न्यूनतम पारिश्रमिकको व्यवहारिक कार्यान्वयन र रेडियोहरुको दिगो विकासको लागि सहज वातावरण तयार गर्नु जरुरी रहेको छ ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *