वन जंगलको संरक्षण हुनुपर्छ ः मन्त्री नेपाल

वन जंगलको संरक्षण हुनुपर्छ ः मन्त्री नेपाल

कात्तिक १७, काभ्रे

प्रदेश न ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले वन जंगलबाट नै मुलुकले खोजेको समृद्धि प्राप्त गर्न सक्ने भएकाले यसको संरक्षणका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

सामुदायिक वन उपभोतmा महासंघ नेपाल प्रदेश न ३ ले शुक्रबार बनेपामा गरेको महासंघको केन्द्रमा निर्वाचित पदाधिकारीको सम्मान तथा शुभकामना कार्यक्रममा बोल्नुहुँदै मन्त्री नेपालले नेपाल सरकारले लिएको समृद्धिको यात्रा वन जंगलमा रहेका काठ, जडीबुटीले मात्र सम्भव रहेकोले यसका संरक्षणमा सबै क्षेत्रको सहयोग सरकारले खोजेको बताउनुभयो ।

उहाँले किसानलाई तत्काल फाइदा हुने बोटविरुवा लगाउने तर्फ वन महासंघले खोजी गर्न जरुरत भएको बताउनुभयो । अब मानिसले तत्काल के गर्दा फाईदा हुन्छ भनेर खोजी रहेको छ । मन्त्री नेपालले भन्नुभयो– तपाईहरु (महासंघका रहनुभएका) ले जनतालाई कुन प्रजातीको बोट बिरुवा लगाउँदा फाइदा हुन्छ त्यसको जानकारी दिनुहोस् ।

उहाँले समृद्धिको यात्रा कुनै व्यतmीका लागि मात्र नभएकाले दल भन्दा माथी उठेर सहयोग गर्न आग्रह गर्नुभयो । हामी राजनीतिक आन्दोलन सकेर समृद्धिको यात्रामा आइपुगेका छौ । अब कुन दल र व्यतmीले के ग¥यो भन्दा पनि कसरी छिटो समृद्धि कसरी आउँदा त्यस तर्फ आमजनता लाग्न सक्नुपर्छ । उहाँले वन, पर्यटन, कृषि र उद्योगलाई सँगसँगै लैजाने सकेमा मात्र मुलुकलाई फाईदा हुने बताउनुभयो ।

र्यक्रममा सामुदायिक वन उपभोतmा महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठक, जिल्ला समन्वय प्रमुख उद्धव केसी, सामुदायिक वन उपभोतmा महासंघ नेपाल प्रदेश ३ का अध्यक्ष बिनोद सापकोटा, डिभिजन वन कार्यालय काभे्रका प्रमुख बद्रीकुमार कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो ।

फोटो गुगलबाट साभार गरीएको ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *