शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आर्मीद्धारा संकटा पराजीत 

मंसिर १०, काभ्रे

(रासस) ः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । 

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले सङ्कटालाई ५–१ को फराकिलो गोलअन्तरले पाखा लगाउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जितसँगै आर्मी अङ्क तालिकामा १० अङ्क जोड्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । आर्मीले यसअघि खेलेको तीन खेलमा दुईमा जित र एकमा बराबरीको नतिजा ल्याएको थियो । 

त्यस्तै लिगमा सङ्कटाको भने यो पहिलो हार हो । सङ्कटाले यसअघि खेलेको तीन खेलमा लगातार जित हासिल गरेको थियो । सङ्कटाको ९ अङ्क छ । खेलको मध्यान्तरसम्म २–१ ले अगाडि रहेको आर्मीले खेलको मध्यान्तर पछि तीन गोल थप्यो । त्यस्तै खेलमा पहिलो अग्रता भने सङ्कटाले लिएको थियो । खेलको नवौँ मिनेटमा सङ्कटाका विदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गरेका थिए । 

सङ्कटाको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । मध्यान्तर अघि १७औँ मिनेटमा आर्मीका खेलाडी टेकबहादुर बुढाथोकीले एक गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । त्यस्तै खेलको २९औँ मिनेटमा आर्मीका कप्तान भरत खवासले एक गोल गरे । खेलको ६३ औँ मिनेटमा आर्मीका सन्तोष तामाङले फ्रिकिकमा गोल गरे भने सन्तोषले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै आर्मीका टेकबहादुरले अर्को गोल गरे । त्यसैगरी खेलको ७५ औँ मिनेटमा आर्मीका दीनेश हेन्जनले थप एक गोल गरेपछि आर्मीले सङ्कटामाथि सहजै ५–१ को जित निकाल्यो । 

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *