संस्कृती जोगाउने प्रणसहीत सकीयो तेस्रो तामाङ चलचीत्र महोत्सव

बैशाख १, काभ्रे

तामाङ चलचित्र संघको आयोजनामा काभ्रेको भकुण्डेमा शुक्रवार देखि सुरु भएको तामाङ चलचित्र महोत्सब सम्पन्न भएको छ । जिल्लामा ठुलोे संख्यमा रहेको तामाङ समुदायहरुले आफ्नो कला, धर्म, संस्कृति जोगाउन तामाङ चलचित्र संधले प्रसंसनिय काम गरेको सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताउनुभएको छ । (शनिबार) तेस्रो तामाङ चलचित्र महोत्सवको दोस्रो दिनलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सो कुरा बताउनुभएको हो ।

नयाँ वर्षको शुभकामना दिदै नेपाल बहु भाषिक, बहु जातीय, बहु धार्मिक, बहु संस्कृतिक जिबन्तलाई यथार्थमा बदल्न तामाङ चलचित्र संधले उल्लेख्य भुमीका खेलेको बताउनुभयोे । “हामिले चलचित्र बोर्ड सुुधारको आवश्यकता महशुस गरेका छौ, “ चलचित्र बिकाश बोर्डको संरचना अबैज्ञानीक छ, यस्लाई हामी संसोधन गर्छौ” –मन्त्री बाँस्कोटाले बताउनुभयो ।

“कानुन कम्जोर भएपछि राम्रो हुदैन, त्यस हिसाबले कानुनलाई संसोधन गर्ने वा नयाँ कानुन बनाउने कुरामा करिब करिब हामी टुंगामा पुगीसकेका छौँ”–मन्त्री बाँस्कोटाले बताउनुभयो । आज (शनिबार) कार्यक्रममा प्रतिनिधी सभा माननिय संसद गंगा बहादुर दोङ, रत्न ढकाल, चन्द्र लामा, नमोबुद्ध नगर प्रमुख टि.पी. शर्मा तिमल्सिना, बिभिन्न कलाकार लगायतको उपस्थिती रहेको थियो । तामाङ चलचित्र संघद्धारा हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान भन्ने मुल नाराका साथ काभ्रे जिल्लाको भकुण्डे बेशीमा भएको उक्त महोत्सवमा आप्लेङगा नाम्सा , रुङसी टिला , सेमरिन मुला माया, श्होङ र सेर्कु नामक ५ चलचित्र प्रर्दशनी गरीएको हो ।

तेस्रो तामाङ चलचित्र महोत्सवको दोस्रो दिनलाई सम्बोधन गर्दै सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटा

सात बर्ष पछि तामाङ चलचित्र महोत्सव काभ्रेको नमोबुद्द नगरपालिकामा भएको हो । पहिलो र दोस्रो चलचित्र महोत्सव मकवानपुरको हेटौंडामा सम्पन्न गरेको संघले तामाङहरुको बाहुल्य रहेको स्थान काभ्रेमा तेस्रो चलचित्र महोत्वस सम्पन्न गरेको हो । महोत्सवको पहिलो दिन २ चलचित्र प्रर्दशनीका साथै कलाकर्मीहरु विच आगामी दिनमा के गर्ने भन्ने विषयमा अन्तरक्रिया समेत सम्पन्न भएको थियो । तामाङ चलचित्रहरुको विकास एवं प्रर्वधनका लागि आयोजना हुन् लागेको महोत्सवमा देश भरका तामाङ चलचित्रकर्मीको भेला जमघट भएको थियो ।

तामाङ चलचित्रलाई आगामी दिनमा कसरी आधुनिकतामा लैजाने र धेरै भन्दा धेरै दर्शकहरुमाझ लैजान सक्ने बनाउने भन्ने विषयमा वृहत छलफलका साथ आगामी दिनमा यसको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि महोत्सवमा छलफल भएको थियो । महोत्सवमा तामाङ कला झाँकी बुद्दचित्त माला लगाएत तामाङ खानाहरुको पनि प्रर्दशनी पनि राखीएको थियो ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *