२४ हजार प्रभ्रावितले अझै घर बनाउन सुरु गरेनन, ग्रामीणमा दोस्रो, शहरमा तेस्रो किस्ता लिनेको संख्या बढी

२४ हजार प्रभ्रावितले अझै घर बनाउन सुरु गरेनन, ग्रामीणमा दोस्रो, शहरमा तेस्रो किस्ता लिनेको संख्या बढी

चैत्र २०, काभ्रे

भूकम्प भएको चार बर्ष पुग्न लागि सक्दा पनि काभे्रका २४ हजार ७३३ भूकम्प पीडितले अझै घर निर्माण सुरु नै नगरेको पाइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७४ पुस देखी २०७५ पुस मसान्त सम्ममा सम्झौता गरेर रु ५० हजार लिएकालाई डीपीसी सम्म गर्नुपर्ने बाध्यकारी नियम बनाएको भएन चैतको मध्य भइसक्दा पनि उनीहरु अझै सम्पर्कमा आएका छैनन ।

बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध नगरपालिकाका पीडितले नगद ५० हजार लगेर पनि सुरु नगरेका हुन । ग्रामीण भेगमा दोस्रो किस्ता लिने बढी रहेका छन । भने तेस्रो किस्ता लिने शहरी इलाकामा रहेको पाइएको छ । महाभारत गाउँपालिकाले दोस्रो बढीले लगेको भएपनि तेस्रो किस्ता भने न्युनले लगेका छन । त्यस्तै खानीखोला, चौरी देउराली, रोशी, तेमाल, भुम्लु, बेथानचोकमा दोस्रो लिएर अझै आवास नबनाउने बढी रहेका छन । ४६ हजार १७१ ले दोस्रो किस्ता लिएको भएपनि १९ हजार ७६७ ले तेस्रो किस्ताका लागि अझै घर बनाएका छैनन ।

नेपाल सरकारले निजी आवास निर्माणमा प्रोत्साहनका लागि उक्त रकम उपलब्ध गराउँदै आएको छ । फर्जी भूकम्पपीडितले सम्झौता गरेको, एकै परिवारका धेरै सदस्यको लाभग्राही सूचीमा नाम भएको, अन्यत्र घर हुनेको पनि नाम समेटिएको कारण त्यस्ता परिवारले घर निर्माण नभएको हुन सक्ने प्राधिकरणको ठहर छ ।

अहिले सम्म कोही पनि सम्पर्कमा आउनुभएको छैनन । जिल्ला आयोजना कार्यान्वयन इकाई आयोजना प्रमुख लोकनाथ रेग्मी भने अनुदान बुझेको लामो समय भइसके पनि निर्माण नथाल्दा रकम दुरुपयोग भएको हो कि भन्ने शंका लागेको छ । कतिपय पीडितले भने रकम अपुग भएको, रकम खर्च भइसकेको, पचास हजारले घडेरी खन्न पनि नपुग्ने लगायतका कारण देखाउँदै आवास निर्माण गर्नुपर्ने बाध्यता रहेता पनि नसकिएको बताएका छन ।

३२ जनाले फिर्ता गरे किस्ता

काभे्रमा जम्मा ३२ जनाले रकम फिर्ता गरेका छन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास निर्माण नगर्ने, दोहोरो रकम लिने, दुई तिर घर भएका लाभग्राहीलाई रकम फिर्ता गर्न आह्वान गरेको थियो ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख लोकनाथ रेग्मीले काभे्रमा ३२ जनाले रकम फिर्ता गरेको जानकारी दिए । उनले पुनर्निर्माण प्राधिकरणबाट रकम फिर्ताको निर्देशन आएपछि स्थानीय तहलाई परिपत्र गरेर नक्कली पीडित भए फिर्ताका लागि पहल गर्न परिपत्र गरे अनुसार रकम फिर्ता भएको बताए ।

उनले जिल्लाभर करिब एक हजार पीडितहरुको अन्यत्र घर भएपनि रकम लिएको तथ्याङ्क फेला पारेको बताए । उनीहरुको पहिचानका लागि गाउँपालिका र नगरपालिकामा परिपत्र गरेर अनुसन्धान अगाडि बढाइरहेको उनले बताए ।

८९३ को अन्य स्थानमा पनि घर

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८९३ जनाको अन्यत्र पनि घर रहेको जनाएको छ । प्राधिकरणले जिल्लाका १३ वटै स्थानीय तहमा गरेको अनुगमन तथा स्थानीय स्तरबाट आएको उजुरीमा आधारमा यस्तो पत्ता लगाएको हो । उनीहरुलको थप पहिचानका लागि गाउँ र नगपालिकामा पठाएका छौ, जिमालीका प्रमुख रेग्मीले भने, त्यहाँबाट पहिचान भएर आएपछि कारवाही गछौ ।

९५१ पीडितले गरेर पुनरावेदन

पुन निर्माण प्राधिकरणले पीडितहरुलाई गुनासो गर्दा पनि चित्त नबुझेमा पुनरावेदन गर्न अधिकारी दिएको छ । जसमा काभे्रका ९५१ पीडितले मात्र पुनरावेदन गरेका छन । पाँच हजार ४७४ ले गर्न पाउने भएपनि जम्मा ९५१ ले गरेका हुन । आएका निवेदन जिल्ला आयोजनाले पुनरावेदन गर्न ८५ वटा पठाएको भएपनि ७७ वटा अयोग्य रहेको भन्दै फिर्ता भएको छ ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *