२७ औ अन्र्तराष्ट्रिय लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको पाँचौ दिन विविध कार्यक्रम

मंसिर १२, काभ्रे

सामुदायिक बन उपभोक्ता महासंघ काभ्रे र जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा २७ औ अन्र्तराष्ट्रिय लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको पाँचौ दिन ‘लैगिंक हिंसा र दुब्र्यवहार, छैैन हामीलाई स्वीकार’ भन्ने नारा सहित मनाइएको छ । प्रदेश सभा सांसद गोमा भुर्तेलको प्रमुख आतिथ्यतामा उतm कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सांसद भुर्तेलले महिलाहरुले पाएको अधिकारलाई सहि स्थानमा प्रयोग गर्न सक्नुपर्नेमा जोड्दिनुभयो । स्थानीय सरकारका उपप्रमुखहरु तथा उपाध्यक्षहरु महिला भएकाले महिला मैत्री बजेट, न्यायीक समितिको अधिकार तथा अन्य क्षेत्रको अधिकारलाई सहि स्थानमा प्रयोग गर्नु पर्ने तर गुनासो नागरिकहरुलाई गर्नु नहुने सांसद भुर्तेलले भनाई थियो् ।

समन्वय समितिका प्रमुख उद्धव केसीले सबै क्षेत्रको हिसा अन्त्यका लागि सबैको खवरदारी खावश्यक रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले मुलुकको समृद्धिका लागि हिंसा अन्त्य गरी लैङ्गिक समानता सहितको बजेट विनियोजन गर्नु पर्ने बताउनुभयो । एसपी रविराज खड्काले प्रहरीले मात्रै हिंसा अन्त्य गर्नु पर्छ भन्ने सोचलाई अन्त्य गरी हिंसा न्युनिकरणका लागि सबै पक्ष सक्रिय हुनु पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, संघीय समाजवादी फोरमका उपाध्यक्ष विरबहादुर लामा, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, विभिन्न क्षेत्रका ब्यक्तिहरुले महिला हिंसा अन्त्यका लागि सबै पक्षको सक्रियता आवश्यक रहेको बताएका थिए । प्रदेश नम्वर ३ का अध्यक्ष विनोद सापकोटा, समन्वय अधिकारी कोमल धमला लगायतले जिल्लाको विषय बस्तुमा जानकारी गराएका थिए ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *