८ राष्ट्रका खेलाडीलाई पछि पार्दै उमेश राई च्याम्पियन

मंसिर ९, काभ्रे

प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । नेपालका उमेश राई दक्षिण एसियाका ८ ओटै राष्ट्रका खेलाडीलाई पछि पार्दै च्याम्पियन बन्नुभयो ।

उहाँले ७५ केजी तौल समूहमा पहिलो स्थान हासिल गर्दै अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनोट हुनुभएको थियो । एसियाली शारीरिक सुगठन फेडरेसनको आयोजनामा भएको च्याम्पियनसिपमा दक्षिण एसियाका ८ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

च्याम्पियनसिपको ६० केजी तौल समूहमा श्रीलंकाका राजाकुमारन पहिलो हुनुभयो । श्रीलंकाकै कोलिन उदयकुमारन दोस्रो र नेपालका सुपेन्द्र डंगोल तेस्रो हुनुभयो । ६५ केजीमा भारतका एसके आरिफ पहिलो, नेपालका रोजेन बज्राचार्य दोस्रो र श्रीलंकाका जीजीएन विक्रमले तेस्रो स्थान हासिल गरे ।

राष्ट्रियसभागृहमा भएको च्याम्पियनसिपको ७० केजी तौल समूहमा नेपालका रामबहादुर दाहाल पहिलो हुनुभयो । बंगलादेशका एमडी अलअमिन र मिठ्ठु चोकदरले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । ७५ केजीमा बंगलादेशका एमडी उदिन र अव्वु सैयदमौल्ला दोस्रो र तेस्रो भए ।

८० केजीमा बंगलादेशका सुमनचन्द्र दास पहिलो हुनुभयो । यो स्पर्धामा नेपालका अनुज मास्के र ललित धिमालले दोस्रो र तेस्रो स्थान हासिल गर्नुभयोे ।

यसैगरी, पुरुष १७१ सेन्टिमिटरमुनिको उचाइ समूहको फिजिक्समा बंगलादेशका एमडी इमरानुल र आरिफ चौधरी पहिलो र दोस्रो हुँदा नेपालका पारस ताम्राकारले तेस्रो स्थान हासिल गर्नुभयो ।

पुरुष १७१ सेन्टिमिटरभन्दामाथि समूहमा नेपालका रमेश श्रेष्ठ पहिलो हुनुभयो । नेपालकै सम्यक उदास र विनोद परियार दोस्रो र तेस्रो भएका हुन् ।

यसैगरी, महिला फिटनेसमा नेपालकी शोभा मानन्धर पहिलो हुनुभयो । सोही स्पर्धामा नेपालकै पूजा गुरुङ दोस्रो, पम्फा राई तेस्रो र पूजा श्रेष्ठ चौथो स्थानमा रहे ।

प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार प्रदान गर्नुभएको हो ।

Kiran Bibahit

RoshiKhabar

(Kiran has been to radio since 5 years . He has the experiences of working in the radio stations of kavrepalanchowk , sindhupalchowk and among other districts ! Recently he is working at Radio Roshi of kavrepalanchowk as a news chief . He is interested in literature and journalism . We can listen his presentation on radio news, recorded programme and live programme as well. He can be found on social media such as facebook, twitter and instagram . )

Leave a Reply

Your email address will not be published. Required fields are marked *