काभ्रे,
अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
आज बिहान युवाको एक समूहले चावहिलस्थित केएल टावर अगाडि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध समेत नाराबाजी गर्नुका साथै फिल्मको पोस्टर समेत जलाएका थिए । मुगु स्थायी घर भएका फुर्वा लामा नामक एक बौद्ध भिक्षुले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध दुर्व्यवहार गरेको भन्दै अभिनेत्री मगरले प्रहरीमा उजुरी दिएकी थिइन् ।