Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home जीवन शैली

अश्लील कल रेकर्ड सार्वजनिक गर्ने महिलालाई ६ वर्ष जेल, ४० लाख जरिवाना

Roshikhabar by Roshikhabar
असार २१, २०७६
in जीवन शैली, मनोरञ्जन, रोशी खबर, शिक्षा
0
विद्यालयमा अब छोटो र कसिलो लुगा लगाउन प्रतिबन्ध : ड्रेस कुर्ता–सलवार
0
SHARES
101
VIEWS
Share on FacebookShare on Twitter

२१ असार, काठमाडौं । आफ्नो मालिकको यौन उत्पीडन प्रमाणित गर्न अश्लील कल रेकर्ड सार्वजनिक गर्ने इन्डोनेसियाकी एक महिलालाई अदालतले ६ वर्ष जेल सजायँ दिएको छ ।

इन्डोनेसियाको सर्वोच्च अदालतले अश्लील सामग्री सार्वजनिक गरेको भन्दै बाइक नुरिल मकनुनलाई ६ वर्ष जेल सजायँ तोकेको हो । अदालतले पीडित नुरिललाई ५० करोड रुपियाह (झण्डै ४० लाख नेपाली रुपैयाँ) जरिवाना पनि तोकेको छ ।
अदालतको फैसलाको मानवअधिकारकर्मीले आलोचना गरेका छन् ।

अश्लील कल रेकर्ड सामाजिक सन्जालमा भाइरल भएपछि नुरिलको मालिकले प्रहरीमा उजुरी गरेका थिए । अदालतले आफ्नो फैसलामा भनेको छ- अश्लील कल रेकर्ड प्रसारण हुनुमा बाइक नुरिल मकनुन दोषी छिन् ।

नुरिल लोमबोकद्वीपस्थित माताराम शहरको एक स्कुलको शिक्षिका हुन् । उनले आफ्नो हेड सरले फोन गरेर अश्लील कुरा गर्ने गरेको उजुरी पनि दर्ता गराएकी थिइन् । नुरिलले एक कल रेकर्ड गरिन् जसमा हेड सरले अश्लील शब्द प्रयोग गर्दै गाली गरेका थिए ।

यस रेकर्डिङ स्कुलका शिक्षकहरुलाई सुनाइएको थियो र स्थानीय शिक्षा एजेन्सी प्रमुखसमक्ष पेश गरिएको थियो । यो अडियो सामाजिक सन्जालमा पनि भाइरल भयो ।

अदालतमा पेश गरिएका दस्तावेजका अनुसार यो घटनापछि हेडसरले आफनो नोकरी गुमाए । ती हेड सरले आफ्ना कुरा सार्वजनिक गरेको भन्दै प्रहरीमा उजुरी गरे । घटना अदालतसम्म पुग्यो । अदालतले इन्डोनेसियाको कानुनअनुसार नुरिलले ‘शालीनता उल्लंघन’ गरेको ठहर गर्‍यो । बिहीबारको फैसलामा सर्वोच्च अदालतले नुरिलले नयाँ प्रमाण पेश गर्न नसकेको भनेको छ ।

अदालतका प्रवक्ताले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘उनको न्यायिक समीक्षाको अपिल पनि खारेज गरिएको छ । किनभने अपराध गरेको सजिलै प्रमाणित भइसकेको छ ।’

नुरिलले अदालतमा त्यो अडियो आफूले सार्वजनिक नगरेको दाबी गरेकी थिइन् । उनले आफ्नो फोनबाट एक जना साथीले लिएर सार्वजनिक गरिदिएको बताएकी थिइन् ।

उनको वकिल जोको जुमाडीले बीबीसीसँग भनेका छन्, ‘नुरिललाई अदालतको फैसला स्वीकार छ, तर यौन उत्पीडिनको विरोधमा आवाज उठाएवाफत आपराधिक मुद्दा झेल्ने व्यक्ति उनीबाहेक अर्को हुनु नपरोस् ।’ वकिल जोको अनुसार अदालतले फैसला सुनाउने बेला उनी शान्त थिइन् ।

सर्वोच्च अदालतको यो फैसलाविरुद्ध अब अर्को कुनै अपिल गर्न पाइने छैन । तर, नुरिलको टिमले सजायँ माफको लागि राष्ट्रपति जोको विडोडोसँग आग्रह गर्न सक्ने बीबीसीले जनाएको छ । किनभने राष्ट्रपति विडोडोले भनेका थिए, ‘यदि महिलासँग कानुनी विकल्प समाप्त भए भने त्यसमा मैले विचार गर्ने छु ।’

Facebook Comments Box
Previous Post

Next Post

सरकारले भन्यो- नदी किनारका बाली २८ असारभित्रै थन्काउनू

Roshikhabar

Roshikhabar

Related Posts

नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
Roshi Khabar E-Paper

नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
Roshi Khabar E-Paper

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ १, २०७९
Next Post
विद्यालयमा अब छोटो र कसिलो लुगा लगाउन प्रतिबन्ध : ड्रेस कुर्ता–सलवार

सरकारले भन्यो- नदी किनारका बाली २८ असारभित्रै थन्काउनू

Live Radio Schedule

Recent News

  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयीजेष्ठ २, २०७९
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणनाजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धीजेष्ठ १, २०७९
  • नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयीजेष्ठ १, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.