काभ्रे,
नेपाल सरकारले हप्तामा दुईदिन विदा दिनेगरि आईतबार थप गरेको विदाको काभ्रेमा सरकारी स्तरबाटै अवज्ञा शुरु भएको छ । काभ्रेको बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका , खानिखोला गाउँपालिका , चौरी देउराली गाउँपालिकाले निर्णय गरेरै विद्यालय बन्द नहुने निर्णय गरेका छन् भने महाभारत लगायतका पालिकाहरुले निर्णय नगरी विदाको अवज्ञा गरेका छन् । दुई दिनको विदाले बालबालिकाहरुलाई असर पुग्ने देखेर आफुहरुले अलग्गै निर्णय गरेको चौरैदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले बताएकि छिन् ।
जेठ १ गते देखि शुरु भएको विदा गाउँपालिकामा सञ्चालित सरकारी, गैरसरकारी, बैक तथा वित्तिय संस्थाहरुको हकमा लागु हुँदैन । यि कार्यालयहरुबाट प्रदान गर्ने सेवा नियमित संचालन हुनेछ । विशेषगरी स्थानीय सरकारले संघ सरकारको निर्णय अस्विकार गर्दै विद्यालय खुल्ने निर्णय गरेका हुन् ।
चौरीदेउराली लगायतका अधिकांश पालिकाहरुले यस्तै निर्णय गरेर विद्यालय र अन्य कार्यालय संचालन गरेका छन् । नीजि क्षेत्रका विद्यालयहरुले भने सरकारी निर्णयको शुरु देखि नै अवज्ञा गरिरहेका थिए ।