Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

आखिर को हुन त अध्यक्ष पदका उम्मेदवार दिनेश लामा ?

Roshikhabar by Roshikhabar
बैशाख २३, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
आखिर को हुन त अध्यक्ष पदका उम्मेदवार दिनेश लामा ?
0
SHARES
323
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका वडा नं १० मा स्थायी रुपमा बसोबास गर्दै आएका दिनेश लामा यतिबेला चुनाबि मैदानमा उत्रिएका छन् । दिनेश लामाको जन्म वि. सं. २०३६ साल जेठ १७ गते महाभारत–४, बुढाखानीमा भएको थियो । कान्छामान योन्जन तामाङ र कान्छी माया तामाङका तेस्रो सन्तानको रुपमा जन्मिएका उनको परिवार हाल रोशी–१० मा स्थायी रुपमा बसोबास गर्दै आईरहेका छन । आफू जन्मिएको स्थानमा विद्यालय नहुँदा दिनेशशले निकै संघर्ष गर्नुपरेको थियो । सुरुवाती ६ महिना अनौपचारिक अध्ययन गरेका उनको औपचारिक शिक्षा गाम्रोन्नती प्रावि बाट भएको थियो । त्यहाँ कक्षा १ मा अध्ययन गरेपनि कक्षा २ मा पढ्न उनी विन्धवासिनी प्रावि मंगलटार पुगेका थिए । जन्म थलो बुढाखानीमै विद्यालय स्थापना भएपछि कक्षा ३ मा पढ्न गाउँकै भुमेश्वरी प्राविमा भर्ना भए पनि कक्षा ४ पढ्नको लागि गाउँमा विद्यालय थिएन । सन्तानको शिक्षाकै लागि उनको परिवार वाल्टिङ मा बसाई सरेको थियो । एसएलसी सम्मको अध्ययन उनले स्थानीय पञ्चकन्या माविमा गरे । कक्षामा सधै प्रथम हुने दिनेश २०५४ सालमा एसएलसी दोस्रो श्रेणीमा उत्र्तीण भएका थिए ।
महेन्द्र रत्न क्याम्पस ताहाचलबाट आइ.एड उत्तीणर् उनले ताहाचालबाटै अंग्रेजी विषय लिएर वि.एड अध्ययन गरेका थिए । लामा २०६६ सालमा त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्र विषयमा स्नातकोत्तर फस्ट डिभिजनमा पास भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमै एम. फिल गरे । अहिले लामा त्रिविमै पिएचडी अध्ययन गरिरहेका छन् । विद्यार्थी जीवनदेखि नै लामाले विद्यार्थी राजनीति शुरु गरेका थिए । २०६२÷६२ को आन्दोलनका बेला सक्रिय भूमिका निर्वाह गरेका दिनेशले त्यस समय ७२ घण्टासम्म प्रहरी प्रशिक्षण महाराजगन्जमा बन्दी जीवन विताउन बाध्य भएका थिए । पत्रकारीतामा पनि सक्रिय उनी प्रतिगमन विरुद्ध पटक–पटक अनसनमा बसेका छन् । रत्नराज्य क्याम्पसमा समाजशास्त्र विषयमा प्राध्यापन गराउदै आएका उनी भाषिक, जातीय उत्पीडनको विरुद्धमा आवाज उठाउने मध्येका एक सशक्त पात्र हुन् ।
राजनीतिलाई सम्मानित र समाजसेवाको उत्कृष्ट नमूना हो भनि प्रमाणित गर्न लामा राजनीतिमा निरन्तर कृयाशिल रहदै आएका छन । विद्यावारिधी (पिएचडी) सम्म अध्ययनरत लामा रोशी गाउँपालिकालाई समृद्ध बनाउने योजनासहित स्थानीय तहको निर्वाचन २०७९ मा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा शिवप्रसाद हुमागाई नेतृत्वको जिल्ला कार्यसमितिमा सदस्य निर्वाचित भएपछि जिल्ला प्रशिक्षण शाखा प्रमुखको रुपमा उनले धेरै स्थानमा पार्टीका प्रशिक्षण समेत चलाएका छन् । १३ औं महाधिवशेनमा मधु आचार्य नेतृत्वको जिल्ला कार्यसमितिमा सचिव निर्वाचित भएका थिए । कांग्रेसको १४ औ महाधिवेशनमा उनी काभ्रे प्रतिनिधिसभा क्षेत्र १ को सभापतिमा निर्वाचित भएका छन् । हाल गैरसरकारी संस्था नाङ्गसाल एसोसिएसनको अध्यक्ष रहेका उनले संस्थामार्फत शिक्षण सिकाई कृयाकलाप, बालबालिका, स्वास्थ्य, भूकम्पपछिको पुननिर्माणको क्षेत्रमा काम गर्दै आइरहेका छन ।
योजना निर्माण, कार्यान्वयन, दातृ निकायको समन्वय साझेदारीमा विशेष क्षमता र दख्खल राख्ने दिनेश स्थानीय सरकारको नेतृत्व गर्ने उपयुक्त पात्र हुन् । राम्रो पब्लिक रिलेसन भएका उनी स्थानीय तहलाई प्रदेश र संघ सरकारसंग जोड्ने दरबिलो पुलका रुपमा देखा परेका छन् ।

Facebook Comments Box
Previous Post

मतदान केन्द्रमै कोरोनाविरुद्धको खोप लगाउने सरकारको तयारी

Next Post

सयौं नेता,कार्यकर्ता र जनताको साथमा रोशीमा गठबन्धनको संयुक्त चुनावी अभियान जारि

Roshikhabar

Roshikhabar

Related Posts

नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
Roshi Khabar E-Paper

नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
Roshi Khabar E-Paper

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ १, २०७९
Next Post
सयौं नेता,कार्यकर्ता र जनताको साथमा रोशीमा गठबन्धनको संयुक्त चुनावी अभियान जारि

सयौं नेता,कार्यकर्ता र जनताको साथमा रोशीमा गठबन्धनको संयुक्त चुनावी अभियान जारि

Live Radio Schedule

Recent News

  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयीजेष्ठ २, २०७९
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणनाजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धीजेष्ठ १, २०७९
  • नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयीजेष्ठ १, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • नमोबुद्द–३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश तिवारीे बिजयी
  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.