काभ्रे,
काभ्रे जिल्लामा आजबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) सेवाको शुभारम्भ भएको छ । कार्यालयबाट एमआरपी (मेसिन रिडएबल पासपोर्ट)बाट सेवा हुदैँ आएकोमा अब ई–पासपोर्ट (विद्युतीय राहदानी) बाट सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक सिडिओ अमर दीप सुनुवारले जानकारी दिएका छन । जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज ई–पासपोर्ट सेवाको शुभारम्भ गरेकी हुन् ।
बाँकी प्रक्रिया सबै पुरानै भए पनि विद्युतीय राहदानी लिनका लागि सकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य चाहिने सहायक सिडिओ सुनुवारले बताएका छन । सम्बन्धित व्यक्तिबाहेक अरूले कुनै पनि तरिकाले पासपोर्ट लिन नसक्ने र नक्कली काम नहुने र एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित भएको उनले बताएका छन । सरकारले काठमाडौंस्थित राहदानी विभागबाट मंसिर १ गतेदेखि ई–पासपोर्ट वितरण सुरु गरेको थियो ।