काभ्रे,
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । हिजोराति १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोल, डिजल , मट्टितेल , हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ बढाएर १ सय ६० रुपैयाँ प्रतिलिटर कायम गरेको छ भने डिजेल र मट्टितेलको मूल्य १ सय ४३ रुपैयाँ प्रतिलिटर पुगेको छ।
त्यसैगरि, खाना पकाउने (एलपी) ग्यासको मूल्य समेत समायोजन गरेको छ। समायोजनपछि ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ६ सय रुपैयाँ पुगेको छ। हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । मूल्य बढेपछि हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर १ सय ५६ रुपैयाँ पुगेको छ। उता निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । मंगलबार अर्थमन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको थियो ।