काभ्रे,
एमाले काभ्रेका नेता रामकृष्ण हुमागाई र पुर्व गाविस अध्यक्ष साधुराम बडाल नेपाली कांग्रेस प्रवेश गरेका छन् । आज बिहान हुमागाई र बडाल सहितका विष्णु बस्नेत, उपेन्द्र हुमागाई, माधवमणि हुमागाई, अर्जुन भुजेल नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । नेता हुमागाई र बडाल सहितका एमाले नेता कार्यकर्तालाई नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले पार्टिमा स्वागत गरेका थिए । नेपाली कांग्रेस काभ्रेका जिल्ला सचिब गुणराज मुक्तानले सामाजिक सञ्जाल फेसबुक मार्फत नेता हुमागाई र बडाल सहितका एमाले नेता कार्यकता कांग्रेसमा प्रवेश गरेकोे औपचारिक घोषणा गरेका छन ।
सचिब मुक्तानले सामाजिक सञ्जाल फेसबुक मा नेकपा एमाले, प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाई, नेकपा एमाले नेता पुर्व गाविस अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष विष्णु बस्नेत, उपेन्द्र हुमागाई, माधवमणि हुमागाई, अर्जुन भुजेल लगायतलाई नेपाली कांग्रेस, काभ्रेमा स्वागत तथा शुभकामना ब्यक्त गरेका छन ।