काभ्रे,
गरिबी निवारणका लागि लघु उद्दम बिकास कार्यक्रम अन्तगर्त रोशी गाउँपालिकाकोे आयोजनामा कटुन्जेमा संचालन भएको ७ दिने खाद्यप्रशोधन तालिम सम्पन्न भएको छ । यहि चैत १० गतेबाट सुरु भएको तालिममको हिजो गाउँपालिकाको उपाध्यक्ष लक्ष्मि कुमारि बर्ताैलाको अध्यक्षता एवम् प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङको प्रमुख आतिथ्यमा सप्पन्न भएको हो । तालिमको प्रशिक्षण एवम् सहजिकरण प्रशिक्षक तारा भट्ट गुरुङले गरेकि थिईन । तालिममा ९ जना महिलाहरु सहभागि भएका थिए ।
मन्तब्यको क्रममा उद्योग दर्ता गर्न आबस्यक सहयोग गर्न पालिका तयार रहेकोे बताउदै महिलाहरुलाई घर बाट बाहिर जान सहज बाताबरण नभएकोले सधै पछि परेको उल्लेख गर्दै कटुन्जेका महिलाहरुको आँट साहसको पालिकाले सदै सम्मान गर्ने बताएकि छिन । त्यस्तै, प्रमुख प्रशासकिय अधिकृत तामाङले खाद्यप्रशोधन तालिम धेरै राम्रो सिकाइ भएको र यो तालिम बाट नयाँ उद्दमीहरुले रोशिमा बिस्तारै साना उधोगहरु संचालन गर्ने बिस्वास ब्यक्त गरेका छन ।