Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

करिब २० करोड रुपैयाँको विद्यालयको ९ रोपनी जग्गा दोहोरो स्रेस्ता राखी विक्री

Roshikhabar by Roshikhabar
कार्तिक ५, २०७६
in रोशी खबर
0
करिब २० करोड रुपैयाँको विद्यालयको ९ रोपनी जग्गा दोहोरो स्रेस्ता राखी विक्री
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter
सांकेतिक तस्बिर

रोशी सहकर्मी बनेपा– कार्तिक ०५,
काभ्रेको बनेपा नगरपालिका वडा नं. १३ भैसेपाटीमा रहेको चक्रज्योति माध्यमिक विद्यालयको ९ रोपनी जग्गा प्लटिङ गर्दै बिक्री गरिएपछि मालपोत कार्यालयले रोक्का गरेको छ । २०२२ सालदेखि विद्यालयको नाममा रहेको जग्गा व्यक्तिले बिक्री गरेकोमा स्थानीय जनताले विरोध गरेपछि रोक्का भएको हो । विद्यालयको जग्गा स्थानीय वासु थापा र केशवबहादुर थापासँग मिली जग्गा व्यवसायी लक्ष्मी प्रसाईंले खरिद गरी प्लटिङ गर्नुभएको हो । चलनचल्तीको मूल्य अनुसार विद्यालयको नाममा रहेको उक्त जग्गा झण्डै २० करोड रुपैयाँको रहेको विद्यालयले जनाएको छ । विद्यालयको जग्गा प्लटिङ भएको जानकारी पाएलगतै प्रधानाध्यापक चन्द्रप्रभा शाक्यले मालपोत कार्यालय काभ्रेलाई पत्र पठाई जग्गा संरक्षण र दोहोरो स्रेस्ता कायम भएको हटाउन अनुरोध गर्नुभएको थियो । विद्यालयलाई दान गरेको जग्गामा दाताहरूले नै मुद्दा गरेपछि बागमती अञ्चल अदालतले २०३५ साल जेठ ८ गते विद्यालयको नाममा जग्गा दर्ता गरी पुर्जा बनाउन र कसैले कुनै प्रयोजनका लागि बिक्री वितरण गर्न नमिल्ने फैसला सुनाएको थियो ।
साँगा नासिकास्थान गाउँ पञ्चायत वडा नम्बर १ मा पर्ने कित्ता नम्बर १३३, १३४ र १२७ का कित्ता विद्यालयको नाममा कायम भई नाप–नक्सा भएको थियो। सोही आधारमा विद्यालयले २०३९ साल असोज १० गते पुर्जा बनाएको थियो । मालपोत कार्यालय काभ्रेले दोहोरो स्रेस्ता कायम राखेकै कारण २०५५ साल पुष २५ गते उग्रतारा जनागाल गाविस घर भएका शम्भुबहादुर थापाले उक्त जग्गा कित्ताकाट गर्नुभयो । थापाले भाइहरू केशव र वासुदेव थापालाई कित्ता नम्बर १ सय २७ बाट बकसपत्र गरी दिनुभयो । बकसगरी लिएको जग्गा केशवबहादुर थापाबाट २०७४ साल जेष्ठ ११ गते लक्ष्मी प्रसाईंले खरिद गर्नुभयो ।
२०७६ साल असार २३ गते वासु थापाले लक्ष्मी प्रसाईंकै टेम्पलट्री डेभलपर्स प्रा.लि काठमाडौं महानगरपालिका १ का नाममा खरिद गर्नुभयो । लक्ष्मी प्रसाईंले झण्डै २ सय रोपनी जग्गा प्लटिङ गर्नुभएको छ । सार्वजनिक र विद्यालयको जग्गासमेत प्लटिङ हुँदा स्थानीयले पटक–पटक रोकेका थिए । विद्यालयले पटक–पटक बोलाउँदा प्रसाईं छलफलमा नआएको विद्यालयले आफ्नो जग्गाको सीमांकन गर्न गाडेको सिमेन्टको पोल समेत प्लटिङका कारण भत्किएको विद्यालयले जनाएको छ । जग्गा प्लटिङ गर्दा संधियारको सहमति लिनुपर्नेमा त्यस्तो नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त श्रेष्ठले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त श्रेष्ठका अनुसार विद्यालय व्यवस्थापन समितिले विद्यालयको जमिनलाई समेत असर पर्नेगरी प्लटिङ रोक्न जग्गा व्यवसायी लक्ष्मी प्रसाईंलाई पटक पटक अनुरोध गर्दा पनि उहाँ आउनुभएन ।

Facebook Comments Box
Previous Post

काभ्रेको भकुण्डेमा बजार अनुगमन, दुई पसललाई जरीवाना

Next Post

नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय सभा काभ्रेमा सम्पन्न

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय सभा काभ्रेमा सम्पन्न

नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय सभा काभ्रेमा सम्पन्न

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.