काभ्रे,
नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने प्रचारप्रसार अभियान आजबाट सुरु गर्ने भएको छ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानका क्रममा जनतालाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गरिने प्रवक्ता महतले बताएका छन । उनका अनुसार काँग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने काम एक महिनाभरिमा हुनेछ ।
काँग्रेस प्रवक्ता डा प्रकाशसरण महतले अभियानको प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन । काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने नारासहित प्रारम्भ हुने अभियान ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरी एकैसाथ सुरु गर्न लागेको हो ।