Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

काँग्रेस वडासभापतिलाई एक दिवसीय प्रशिक्षण प्रदान

Roshikhabar by Roshikhabar
माघ २९, २०७८
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
काँग्रेस वडासभापतिलाई एक दिवसीय प्रशिक्षण प्रदान
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली काँग्रेस काभ्रेले वडा सभापतिहरुलाई एक दिवसीय प्रशिक्षण दिएको छ । बनेपामा आज (शनिवार) १३ पालिकाका १३५ वडा कै सभापतिलाई एक दिवसीय प्रशिक्षण दिएको हो । नेपाली काँग्रेसका सभापति तीर्थ लामाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यत्रय मीन विश्वकर्मा, मधुप्रसाद आचार्य, गणेश लामा, बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, नेपाली काँग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागाई, सचिव माधव ढकाल, प्रतिनिधिसभा क्षेत्र न १ का सभापति दिनेश लामा, जिल्ला उपसभापति अच्यूत पौडेल लगायतले प्रशिक्षण दिएका हुन । सरकारले आगमी बैशाख ३० गते स्थानीय निर्वाचन गर्ने मिति घोषणा गरेसँगै नेपाली काँग्रेस काभ्रेले वडा सभापतिहरुलाई प्रशिक्षण दिएको हो ।


जिल्लाका १३५ वडा र १३ पालिका मै नेपाली काँग्रेसको जीत सुनिश्चितताका लागि वडा सभापतिलाई प्रशिक्षण दिएको नेपाली काँग्रेस जिल्ला सभापति तीर्थ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली काँग्रेस काभ्रेलाई एकजुट बनाएर निर्वाचनमा लैजान प्रशिक्षण दिइएको हो । कार्यक्रममा प्रशिक्षकहरुले नेपाली काँग्रेसले निर्वाचनमा गर्नुपर्ने भूमिका, संगठन निर्माण, उम्मेदवार छनौट, सभापतिले गर्नुपर्ने काम, कर्तव्य र अधिकार, तत्काल गर्नुपर्ने कामका बारेमा प्रशिक्षण दिएका थिए । नेपाली काँग्रेसका जिल्ला सचिव गुणराज मुक्तानले प्रशिक्षण कार्यक्रममा १३५ वडा सभापति, १३ गाउँ÷नगर सभापति, भातृ तथा शुभेच्छुकका सभापति, प्रदेश क्षेत्रिय समितिका पदाधिकारी लगायतको सहभागिता रहेको जानकारी दिएका छन ।
यसैबिच, नेपाली काँग्रेस काभ्रेले फागुनको पहिलो साता वडा व्यापी संगठन विस्तार कार्यक्रम अगाडि बढाउने भएको छ । शनिवार प्रशिक्षण दिएको काँग्रेस आइतबारबाट एक साता संगठन विस्तारको कार्यक्रम सञ्चालन गर्ने नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र न १ का सभापति दिनेश लामाले जानकारी दिएका छन । उनले फागुन १ देखी ७ गते सम्म साताव्यापी संगठन विस्तार कार्यक्रम काँग्रेसले सञ्चालन गर्ने जानकारी दिएका छन । काँग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित वडा कार्यसमितिलाई पूर्णता दिने पहिलो प्राथमिकता तोकेको छ । विधानले कोषाध्यक्ष सहित निर्वाचित कार्यसमितिको २० प्रतिशत क्रियाशिल सदस्यबाट वडा समिति मनोनित गर्न पाउने व्यवस्था गरेको छ । त्यस्तै टोल टोलमा समितिले बनाउन पाउने काँग्रेसको विधानमा उल्लेख छ । सोही अनुसार साविकका गाविस वा नगरपालिकामा रहेका वडामा टोल समिति बनाउन सकिने छ । नेपाली काँग्रेस काभ्रेले भातृ संगठन तथा शुभेच्छुक संघसंगठनलाई वडा वडामा गठन गर्न निर्देशन दिएको छ । एक हप्ताभित्रमा भातृ तथा शुभेच्छुक संघसंगठन बनाउनुपर्ने छ ।
अघिले पनि कतिपय वडा कार्य समितिको वडा कार्यालय नरहेको पाइएपछि एक हप्तामा वडा कार्यालय सञ्चालनमा ल्याउन काँग्रेसले निर्देशन दिएको छ । प्रत्येक वडा वडामा प्रशिक्षण लगायतका कार्यक्रम संचालन गर्न भनेको छ । साथै २०७९ बैशाख ३० गते स्थानीय निर्वाचन हुने भएकाले त्यसका लागि प्रवेश गर्न चाहनेलाई प्रवेश गराउन समेत निर्देशन दिएको छ । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिकामा १३५ वडा छन् ।
पार्टीको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत गत असोज पहिलो साता वडा अधिवेशन, दोस्रो साता स्थानीय तह अधिवेशन, मङ्सिर पहिलो साता प्रदेश क्षेत्रीय अधिवेशन र दोस्रो साता प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।

Facebook Comments Box
Previous Post

१२ बर्षे मकर मेलाको आज अन्तिम दिन, भक्तजनहरुको बिहानैदेखि भिड

Next Post

१२ बर्षे मकर मेलामा ५० लाख दर्शनार्थी सहभागि भएको अनुमान

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
१२ बर्षे मकर मेलामा ५० लाख दर्शनार्थी सहभागि भएको अनुमान

१२ बर्षे मकर मेलामा ५० लाख दर्शनार्थी सहभागि भएको अनुमान

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.