काभ्रे,
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र शाह (बालेन) ले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार ¥यापर वालेन्द्र साह निर्वाचित भएका छन् भने उपमेयरमा पूर्वमिस नेवा सुनिता डंगोल विजयी भएकी छिन् । काठमाडौंको स्वतन्त्र मेयर बनेर इतिहास रचेपछि पहिलो सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले विजय भन्दा पनि सहकार्यको सुरुवातको रुपमा यसलाई लिएको र भिजन र एजेण्डासहित पाँच वर्षकाम गर्ने उल्लेख गरेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार ६१ हजार ७६७ मत ल्याएर बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् भने उपमेयरमा ६८ हजार ६१२ मत प्राप्त गरेर एमालेकी सुनिता डंगोल विजयी भएकि छिन् । फरक पृष्ठभूमिका दुई युवाले महानगर नेतृत्व पाएपछि महानगरबासीमा मात्र होइन देशभर उत्साह देखिएको छ ।