काभ्रे,
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी उपरीक्षक चक्रराज जोशी र सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवार, नमोबुद्ध नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत राजन पौडेल लगायतको टोलीद्वारा प्रहरी चौकी कानपुर तथा पोखरीनारायणस्थानमा पुगेर प्रहरी चौकीको अनुगमन गरेका छन । आइतबार भौगोलिक रुपमा दुरदराजमा रहेका प्रहरी ईकाइहरु प्रहरी चौकी कानपुर र पोखरीनारायणस्थानमा पुगेर प्रहरी चौकीको अनुगमन गरेका हुन ।
अनुगमन निरीक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्ला मातहत प्रहरी ईकाइ र उक्त ईकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा विश्वव्यापी महामारीको रुपमा रहेको कोभिडको यस विषम परिस्थितीमा समेत उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्न, ग्रामीण भेगमा लुकेका अपराधहरु जस्तै लैङ्गिक हिंसा, जातिय छुवाछुत लगाएतका विभिन्न सामाजिक कुःप्रथाहरुलाई नजिकबाट नियालेर त्यस्ता घटनाका पीडित पक्षलाई कानूनी उपचारमा तदारुकता देखाउने, प्रहरी बस्ने ईकाइ र प्रहरी कर्मचारीहरुलाई सर्वप्रथम आफु स्वस्थ रहने अनि आफ्नो कार्यक्षेत्रका जनमानसलाई स्वस्थ रहन प्ररित गर्ने, अपराध अनुसन्धानको सिलसिलामा कानूनी अधिकार प्रयोग गर्न किञ्चित नडगमगाउन निर्देशन दिएकि छिन ।
त्यसैगरि,राज्यबाट निर्दिष्ट कानुनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रवाह गर्ने, प्रहरी कुनै पनि प्रकारको दबाब, प्रभाव, करकाप एवं प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठा पुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्ने, अबैधानिक र गैह्र कानूनी क्रियाकलापमा प्रहरी कदापी संलग्न नहुन लगायतका अन्य निर्देशन दिदै प्रहरी ईकाइ रहेको भुगोलकको वस्तुस्थितिको बारेमा समेत साक्षतकार गरेकी थिइन् ।