काभ्रे,
यहि चैत २५ गतेदेखि ३० गतेसम्म काभ्रेका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ। खोप अभियान सञ्चालनका लागि जिल्लामा आवश्यक पूर्व तयारी, जनशक्ति परिचालन तथा व्यवस्थापन र तालिम, खोपको भण्डारण लगायतको तयारी गरिएको डा. सेढाँईले जानकारी दिएका छन । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तमराज सेढाँईका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई यहि चैत्र २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाइने बताईएको छ ।
टाइफाइड विरुद्धको खोप लगाउनका लागि सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखामा समन्वय गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। काभ्रे जिल्ला पनि टाइफाइडको उच्च जोखिममा रहेकाले यसको न्यूनीकरण गर्न खोप अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा उनले जोड दिएका छन ।