काभ्रे,
काभ्रेको धुलिखेलमा प्याराग्लाइडिङ्गको परीक्षण सुरु भएको छ । स्काइ राइडर प्लाराग्लाइडिङ्ग कम्पनीले देवीस्थानबाट प्याराग्लाइडिङ्गको परीक्षण गरिरहेको छ । हिजो तीन वटा फ्लाइट गरिएको परीक्षण आयोजकका किरण कार्कीले जानकारी दिएका छन । कार्कीका अनुसार पहिलो चरणको परीक्षण सफल भएको छ । आज फेरी बिहान ११ बजेदेखि दोस्रो चरणको परीक्षण गरिने कार्कीले जानकारी दिएका छन ।
देवीस्थान डाँडाबाट उडान भरेको प्याराग्लाइडिङ्ग वडा नम्बर ८ को बडाल गाउँमा अवतरण गर्ने बताईएको छ । देवीस्थानदेखि बडाल गाउँसम्म १ किलो मिटरको दुरी रहेको छ । प्याराग्लाइडिङगका लागि आवश्यक पर्ने हावा र मौसम दुबै ठीक रहेको बताईउको छ । परीक्षण अर्को कम्पनीबाट गरेता पनि ब्यवसायीक फ्लाइट भने धुलिखेलमै रहेको विश्व बजार प्याराग्लाइडिङ्ग प्रा.लिबाट गर्ने गरी तयारी थालिएको छ । यो महिनाको अन्तिमबाट ब्यवसायीक फ्लाईट गर्ने गरी तयारी थालिएको कार्कीले बताएका छन । परीक्षण सफल भएकाले धुलिखेलको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने वडा नम्बर ८ का वडाध्यक्ष निराजन जंगमले बताएका छन ।