काभ्रे,
काभ्रेको विभिन्न स्थानबाट घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार ५ सय लिटर कच्चा पद्धार्थ र १५ सय ६६ लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा नयाँ नेत्तृत्व सम्हालेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले काभ्रेको विभिन्न स्थानमा गरेको अनुगमन तथा निरीक्षणका अधिकांश स्थानबाट घरेलु मदिराका कारण समाजमा झैँझगडा लगायतका अपराधजन्य गतिविधि बढेको र यसको न्यूनिकरण गर्न स्थानीयले सुझाव दिएपछि यसका नियन्त्रणका लागि कार्यालयले अभियान सञ्चालन गरेको र उक्त अभियान स्वरुप कार्यालयले जिल्लाका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरेको हो ।
जिल्लामा प्रहरी प्रमुखमा नयाँ नेतृत्वको आगमनसंगै प्रहरीले सकृय ढंगबाट कार्यको सुरुवाती गरेको छ । जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई सहज बनाउने कार्यको लागि विभिन्न ढंगको योजनाहरु बनाई मातहतका प्रहरी परिचालन गर्ने कार्य भएको छ ।