काभ्रे,
काभ्रेमा आज १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा २०३ जनामा गरिएको परिक्षणमा पिसिआर परिक्षणबाट ४९ तथा एन्टीजेन परिक्षणबाट ५८ जना गरी जम्मा १०७ जनामा संक्रमण पुष्टि भएको हो । आज उपचार पछि २१८ जना निको भएका छन्। काभ्रेमा आज कोरोना संक्रमण कारण धुलिखेल नगरपालिकाका ८५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ४५५ पुगेको छ।
बनेपा नगरपालिकामा ४८६ जना संक्रमित रहेका छन् भने धुलिखेलमा ४१९ जना, पनौतीमा २५०, नमोबुद्धमा ६२, पाँचखालमा ९४, मण्डनदेउपुरमा २२ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै चौँरीदेउराली गाउँपालिकामा २३, भुम्लुमा ३७, रोशीमा २२, बेथानचोकमा १८, महाभारतमा १३ र तेमालमा ९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।