काभ्रे,
काभ्रेमा आज १ सय ५ वटा कोरोना परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८४ वटा पिसिआर र २१ वटा एन्टिजेन गरी कुल १ सय ५ वटा परीक्षणमा ८ वटा पिसिआर र ८ वटा एन्टिजेन गरी १६ वटा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ६४ पुगेको छ । जसमध्ये १७ हजार ६२ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । कार्यालयका अनुसार आज ७३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।
जिल्लामा अहिले १ सय ३ जना महिला र १ सय ४ जना पुरुष गरी २ सय ७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काभ्रेमा अहिलेसम्म १ सय ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।