काभ्रे,भकुण्डेबेसी
सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता दिनेश लामा सहित १३ जना गाउँपालिका र नगरपालिकाको उम्मेदवार बनेका छन् ।जिल्ला समितिको बैठकले आज उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेसको तर्फबाट नगर र गाउँपालिकामा टिकेट पाउनेहरुमा पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पनौती नगरपालिका प्रमुख राम शरण भण्डारी ,नामोबुद्द नगरपालिका प्रमुख कुन्साङ लामा, मण्डन देउपुर नगरपालिका उप प्रमुख बिश्णुमणि नेपाल ,धुलिखेल नगरपालिका उप प्रमुख निराजन जंगम ,रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा ,तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा, बेथान्चोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी ,भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा ,महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान ,खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बा चौरीदेउराली गाउँपालिका उपाध्यक्ष शेर बहादुर लामा रहेका छन्।