काभ्रे, देबराज उप्रेती,
नेपाली कांग्रेसको “घरघर जाऔ, कांग्रेस जिताऔ”चुनाव लक्षित अभियानको आज पहिलो दिनमै नेकपा माओबादी पार्टी काभ्रे वडा ४ का वडा सदस्य नेपाली कांग्रेसमा प्रवश गरेका छन् । नेकपा माओबादी काभ्रे वडा ४ का वडा सदस्य देबलाल श्रेष्ठ आज माओबादी पार्टी परित्याग गरि नेपाली कांग्रेस नमोबुद्ध नगरपालिका को कार्यसमिति कार्यालयमा पुगि नेपाली कागं्रेसका प्रवेश गरेका हुन् । विगत लामो समयसम्म नेकपा माओबादी पार्टिमा सक्रिय रहेका श्रेष्ठले हालका दिनहरुमा माओबादि पार्टीको नितिनियमहरु प्रस्ट नभएको , पार्टिले लिएको अडान साथै कार्यहरुप्रति चित्त नबुझेर पार्र्टी परित्याग गरि नेपालि काग्रेंसमा प्रवेस गरेको बताएका छन् । उनका अनुसार अबको दिनहरुमा माओबादी पार्र्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेस गर्नेको सङ्ख्या अझै बढ्दैजाने बताएका छन् ।
पार्र्टी प्रवेस कार्यक्रममा नेपाली कांग्रेसका नगरसभापति कुन्छाङ लामा , वडा नं ४ का रामेश्वर अधिकारी , ईन्द्रप्रसाद गैरापिप्ली , वडा नं ७ का वडा सभापति गोपाल कुईकेल , वडा नं ५ का वडा सभापति सुर्य तामाङ , वडा नं २ का सभापति रामहरि आचार्य , नेपालि काग्रेंस तामाङ संघका जिल्ला सभापति रिमबहादुर तामाङ , नमोबुद्ध चेम्बर अफ कमर्सका बिदुर बर्तौला , वडा नं ४ का वडा सभापति नारायण प्रसाद उप्रेती लगायतका प्रतिनिधिहरुले खादा ओढाएर नेपाली कांग्रेस पार्टिमा प्रवेस गराएका हुन ।