काभ्रे,
काभ्रे जिल्लाको प्रतिनिधि सभा २ को प्रदेशसभा (क) बाट गठबन्धनका उमेद्वार नेकपा एसका लक्ष्मण लम्साल प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । लम्सालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेललाई १ सय ८८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलका अनुसार नेकपा एसका लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरि प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो भने उँहाका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गर्नुभएको छ ।