काभ्रे,
रोशी गाउँपालिका वडा नम्बर १ खहरेमा ५ दिने साबुन तथा सर्फ बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निबारणका लागि लघु उद्दम बिकास कार्यक्रम अन्तर्गत रोशी गाउँपालिका वडा नम्बर १ खहरेमा सञ्चालन भएको ५ दिने साबुन तथा सर्फ बनाउने तालिम गाउँपालिकाको उपाध्यक्ष को अध्यक्षतामा सम्पन्न भएका छ ।
कार्यक्रम मा गाउँपालिकाको उपाध्यक्ष बर्ताैलाले तालिम लिएर मात्रै नहुने बताउदै सानो लगानी गरेर भएपनी उद्दमी बन्न सबै सहभागीलाई आग्रह गरेकि छिन । यसका लागि पालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकि छिन ।