बनेपा ÷ नेपाली काँग्रेस काभ्रेले “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान आइतबार बाट सुरु गरेको छ । बनेपामा एक कार्यक्रमका बीच काँग्रेसले उक्त अभियान सुरु गरेको हो ।
उक्त अभियानको उद्घाटन नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतले गरेका हुन्। उनले कार्यक्रमलाई सम्बोधन गदै आगमी स्थानीय निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउनका लागि सक्रियता पूर्वक यो अभियानमा सहभागिता जनाउन निर्देशन दिएका छन । उनले अभियानपछि अवस्था विश्लेषण गरेर गठबन्धन बिषयमा निर्णय लिने बताए । तपाईहरुले गठबन्धनका बारेमा चिन्ता नलिनुहोला । यो आवश्यकताका आधारमा निर्णय हुन्छ । अहिले काँग्रेसको चिन्ता भनेको संगठन सुदृढिकरण नै हो, बताएका छन ।
उनले स्थानीय निर्वाचनमा जसलाई टिकट दिदाँ जितिन्छ उसैले पाउने बताउनुहुँदै अहिले उम्मेदवार को बन्ने भन्दा पनि को बढी जनतासँग घुलमिल हुन सक्छ उसले नै टिकट पाउने बताएका छन ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य उर्मीला केसीले हरेक टोलटोलमा पुगेर काँग्रेसलाई सुदृढ र सशक्त बनाउने अभियानमा एकजुट भएर लाग्न आम कार्यकर्तालाई आब्हान गरेका छन । जिल्ला सभापति तीर्थ लामाले काभ्रेका हरेक घरघरमा पुगेर काँग्रेसले गरेका विकास निर्माण, भविष्यमा गर्ने कामका बारेमा जानकारी गराउनुपर्ने बताएका छन ।
नेपाली काँग्रेस काभ्रेका सचिव गुणराज मुक्तानले अभियानका लागि नेपाली काँग्रेस काभ्रेले १३५ वटै वडामा जिल्ला प्रतिनिधि पठाउने निर्णय गरेको जानकारी दिएका छन । जिल्ला सदस्य तथा पूर्व जिल्ला सदस्यले एक महिना भर उक्त वडाका घरघर र टोलटोलमा छलफल लगायत कार्यक्रम गर्ने मुक्तानले जानकारी दिएका छन । काँग्रेसले चैत ६ गते भित्र वडा स्तरीय भेला मार्फत “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान शुभारम्भ गर्ने, घर घरमा र टोलटोलमा जाने योजना निर्माण गर्नुपर्ने छ । टोल संवाद कार्यक्रम, घरघरमा गएर स्थानीयको समस्या सुन्ने, वडास्तरमा वान बुथ हन्ड्रेड यूथ निर्माण, वडा स्तरमा झन्डा, ब्यानर सहित ¥याली आयोजना गर्ने र कोण सभा गर्ने लगयातका कार्यक्रम रहेको मुक्तानले कार्यक्रममा जानकारी दिएका छन ।
नेपाली काँग्रेसका पूर्व उपसभापति अच्यूत पौडेलले महाधिवेशनको निर्वाचन पार्टीको आन्तरिक चुनाव भएकाले अब त्यसलाई बिर्सिएर काँग्रेस जिताउ अभियानमा सबै एक जुट भएर लाग्नुपर्ने धारणा राखेका छन ।
नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र न १ का सभापति दिनेश लामाले क्षेत्र न १ का ६९ वटा वडा मै काँग्रेसको अवस्थाका बारेमा सुष्म अध्ययन गरिरहेको बताउदै“घर घर जाउँ, काँग्रेस जिताऔं” अभियानका लागि प्रत्येक वडा वडामा पुग्ने गरी प्रतिनिधि खटाएको जानकारी दिएका छन । प्रतिनिधिसभा क्षेत्र न २ का सभापति महेश खरेलले आफ्नो क्षेत्रभित्रको वडामा जसले जित्छ उसैले टिकट पाउने बताएका छन ।
कार्यक्रममा काँग्रेस नेता प्रमोदहरि गुरागाईले एससीसी के हो भन्ने बिषयमा प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेसका उपसभापतिद्धय ठाकुर न्यौपाने र रमेश हुमागाई, सचिव माधव ढकाल, प्रदेश क्षेत्रिय सभापतिहरु रामहरी श्रेष्ठ, चन्द्र लामा, राम योन्जन र हेमकुमार लामा, भुम्लु गाउँपालिका सभापति दावा लामा लगायतले मन्तव्य राखेका छन ।
उक्त अभियानको उद्घाटन समारोहमा १३५ वडाका पदाधिकारी, पालिका, क्षेत्र, प्रतिनिधिसभा, जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । फागुन २९ गतेबाट देशभर सुरु भएको “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान चैत २९ गते सम्म सञ्चालन हुने छ ।