१३५ वटै वडा र १३ वटै पालिकामा काँग्रेस जिताउने अभियानमा छौँः तीर्थ लामा
बेथानचोक ÷ नेपाली काँग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामाले आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका १३५ वटै वडा र १३ वटै पालिकामा काँग्रेसको नेतृत्व विजयी गराउने गरी अगाडि बढेको बताएका छन । बेथानचोक गाउँपालिकाद्धारा आयोजित “घर घर जाऔ काँग्रेस जिताऔ” अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति लामाले काँग्रेसमय जिल्ला बनाउने अभियानमा जिल्ला कार्यसमिति अगाडि बढेको बताएका हुन ।
काँग्रेसबाट उठेका उम्मेदवारलाई जिताउनका लागि जिल्लाभर अभियान सञ्चालन भइरहेको बताउदै अधिवेशनको तिक्त्तता विर्सिएर एकजुट हुन आम कार्यकर्तालाई अपिल पनि गरेका छन । तेरो मेरो नभनिकन लाग्न आग्रह गर्दै त्यसका लागि जिल्लाले गर्नुपर्ने सहयोग गर्न तयार भएको उनले बताएका छन । उनले चैत १५ सम्ममा जिल्लामा संसदीय समिति गठन भइसक्ने बताउदै त्यसपछि गाउँपालिका उम्मेदवार टुड्ढो लगाउने बताएका छन ।
उनले “घर घर जाऔ काँग्रेस जिताऔ” अभियान नै काँग्रेस जिताउनका लागि सञ्चालन भएको जानकारी दिँदै उक्त अभियानमा रहनेले टोलटोलमा पुगेर काँग्रेसको मतको क्यालकुलेसन सहितको जानकारी जिल्लालाई दिनुपर्ने बताएका छन ।
बेथानचोक गाउँपालिका सभापति प्रेमबहादुर तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सचिब माधब ढकाल, सहसचिव समीर व्यान्जु, प्रतिनिधिसभा क्षेत्र २ का कोषाध्यक्ष रिता गौतम दाहाल, प्रदेश सभा सचिब नेत्र दाहाल, नेपाल शिक्षक संघ बागमती प्रदेश अध्यक्ष नारायण तिमल्सिना, युवा नेता भगवान अधिकारी, मछिन्द्रकुमार लामा लगायतले मन्तव्य राखेका थिए ।
६ वडा रहेको बेथानचोकमा जिल्ला प्रतिनिधि, प्रतिनिधि सभा प्रतिनिधि, प्रदेश प्रतिनिधि र पालिका प्रतिनिधि सहितको टोलि खटिने छन । फागुन २९ गतेबाट चैत २९ गते सम्म देशभर यो अभियान सञ्चालन हुने छ । उक्त अभियानमा खटिने प्रतिनिधिले मतदाताको घर घर मा पुग्ने छन । कार्यसमितिलाई पुर्णता, टोल समिती, भातृ तथा शुभेच्छुक समिती गठन लगायत कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।