काभ्रे,
रोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश लामाले जनताले नयाँपनको अनुभुति गर्ने गरी काम गर्ने बताएका छन् । नयाँ सोच र उर्जाका साथ आफुहरु निर्वाचित भएको भन्दै अध्यक्ष लामाले आफ्नो कार्यकाल सम्झना लायकको बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष लामाले सबैसंग समन्वय गरेरै पालिकालाई नमुना बनाउन सकिने भन्दै सहयोग र समन्वयका लागि सदै तत्पर रहेको बताएका छन् ।
जिल्ला समन्वय समितिबाट पालिकामा अनुगमनका लागि पुग्नुभएका प्रमुख दिपक गौतम, उपप्रमुख रिम बहादुर तामाङ र समन्वय अधिकारी भिम बहादुर सहित सञ्चारकर्मीसंग कुरा गर्दै पालिका अध्यक्ष लामाले रोशीका जनताको इच्छा र भावना अनुसारकै योजना, नीति तथा कार्यक्रमका साथ अघि बढ्ने बताएका छन् ।