काभ्रे,
घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नमोबुद्ध नगरपालिका वडा नं ९ घर भएकी हाल भक्तपुर नागपोखरी बस्दै आएकी २८ वर्षीय जेनिशा नगरकोटीको फागुन २३ गते जिल्लाको चाँगुनारायण नगरपालिका–७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र महिलाको लास फेला परेको थियो । पक्राउ पर्नेमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–२ भकुण्डेवेशी स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१० थलाछे बस्ने ४४ वर्षीय रमेश भनिने कुमार लामा र काभ्रेपलान्चोक भुम्लु गाउँपालिका चौबास स्थायी घर भई हाल भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाको अनुसन्धान गर्दै जाँदा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
मृतकको चक्कुले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएकोमा संलग्न व्यक्तिलाई खोजतलास गरी पक्राउ गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाएका छन । भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद थप गरी उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।