काभ्रे,
सरकारले पत्रकारितामा लामो समय बिताएका ज्येष्ठ पत्रकारलाई भत्ता दिने भएको छ । नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै ज्येष्ठ पत्रकारलाई सरकारले भत्ता दिने निर्णय गरेको जानकारी दिएको हो । ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ निर्देशिका बनाउँदै सूचना तथा प्राविधि मन्त्रालयले ज्येष्ठ पत्रकारलाई भत्ता दिने निर्णय गरेको हो ।
फागुन ११ गतेको मन्त्रालयको बैठक अनुसार अब बाट ६५ देखि ६९ वर्षसम्मका पत्रकारले मासिक पाँच हजार, ७० देखि ७५ वर्षसम्मकाले सात हजार, ७६ देखि ८० वर्षसम्मकाले १० हजार र ८१ वर्षदेखिमाथिका ज्येष्ठ पत्रकारले १५ हजार रुपैयाँका दरले भत्ता पाउने भएका छन । पत्रकार महासंघले लामो समयदेखि ज्येष्ठ पत्रकारलाई भत्ता उपलब्ध गराउन माग गर्दै आएको थियो ।