काभ्रे,देबराज उप्रेती,
तेमाल गाउँपालिका वडा नं ६ ठुलोपर्सेल को विद्यालयका शिक्षकहरुलाई “एकिकृत पाठ्यक्रम प्रबोेधिकरण” गरेको छ । माघ २ गतेबाट शुरु भएको प्रवोधिकरण कार्याशाला हिजो (मंगलबार) सम्पन्न भएको हो । तेमाल गाउँपालिका ठुलोपर्सेलको पन्चकन्या मा वि मा सञ्चालन भएको प्रवोधिकरण कार्यशालालाई पाठ्यक्रम बिकास केन्द्रका प्रशिक्षकहरुले सहजिकरण गरेका थिए । नेपाल सरकारले कक्षा १–३ सम्म एकीकृत पाठ्यक्रम लागू गरेको छ । एकीकृत पाठ्यक्रम अनुसार बालबालिकाहरुलाई कसरि सिकाउने, कुन बिषयको पाठ्यभार कति, बालबालिकाहरुको सम्पुर्ण शैक्षिक बिवरण प्रवोधिकरण पश्चात लिन सकिने वडा अध्यक्ष बिकु तामाङले बताएका छन ।
कार्यक्रमको समापनमा बोल्दै एकीकृत पाठ्यक्रम अत्यन्तै प्रभावकारी भएको पाठ्यक्रम बिकाश केन्द्रबाट आएका प्रशिक्षकहरुले बताएका छन । वडा नम्बर ६ को पन्चकन्या मा बि मा सन्चालन भएको उक्त प्रवोधिकरण कार्याशाला एकदमै प्रभावकारी हुने देखिएपछी तेमाल गाउँपालिकाका अन्य बिध्यालयहरु पनि एकीकृत पाठ्यक्रम प्रबोधिकरन सन्चालन गर्न उत्सुक भएको वडा अध्यक्ष बिकु तामाङले बताएका छन ।
कार्यक्रममा ठुलोपर्सेलको एक मा वि, एक आ वि र चार प्रा वि का गरि २३ जना प्रध्यान्याध्यापक र शिक्षकहरु,पाठ्यक्रम बिकास केन्द्र बाट अएका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।