काभ्रे,
तेमाल गाउँपालिकाको कार्यपालिका सदस्य पदको लागि निर्वाचन सम्पन्न भएको छ । आज भएको निर्वाचनबाट काँग्रेस–माओवादी केन्द्र सम्मीलित गठबन्धनले उठाएको सदस्यहरु निर्वाचित भएका छन् । गाउँपालिकामा ४६ मत मध्य माओवादी केन्द्रको १७, कंग्रेसको १६ र एमालेको १३ मत रहेको छ । एमालेबाट भने ५ जनाको उम्मेदवारी परेको थियो ।
निर्वाचित हुनेहरुमा वडा नं. ७ काँग्रेसबाट चन्डिका भुजेल दमाई, वडा नं. ८ कांग्रेसबाट अन्जु बिश्वकर्मा, छ्योइसाङ तामाङ वडा नं. २ माओवादी केन्द्र, मोहन माया सुनार वडा नं. ५ माओवादी केन्द्र, सुसिला माझि वडा नं. ३ कांग्रेस, केशब रसाइली वडा नं. ६ माओवादी केन्द्र रहेका छन ।