काभ्रे,देबराज उप्रेती,
तेमाल गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकहरुलाई कोभिड १९ बिरुद्दको तेस्रो (बुस्टर) डोज खोप दिने भएको छ । गाउपालिकाले एक सुचना जारि गर्दै भोलि र पर्सि बुस्टर डोज दिने जनाएको हो । कोभिड १९ बिरुद्दको दोस्रो मात्रा खोप लगाइ ६ महिना पूरा भएका अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु,सार्बजनिक सेवामा संङ्लग्न ब्यक्तिहरु र ६० बर्ष वा त्यो भन्दा माथी उमेर भएका नागरिकहरुलाई बुस्टर खोप दिन लागिएको हो ।
गाउँपालिकाले जारी गरेको सुचनाअनुशार माघ १२ र १३ (भोलि र पर्सि) दुईदिन गरि पोखरी नारायणस्थान स्वास्थ्य चौकिमा बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म मात्र बुस्टर डोज को खोप दिन लागिएको छ । बुस्टर डोज खोप लगाउन आउदा पहिले लगाएको खोपकार्ड साथ मा लिएर आउन गाउँपालिका ले सम्पुर्णमा अनुरोध गरेको छ ।