काभ्रे,
स्थानीय निर्वाचन नजिकिदै गर्दा यतिबेला भिभिन्न पदका उम्मेदवार प्रचार प्रसारमा व्यस्त भएका छन् । ३० गते हुने स्थानिय तह निर्वाचनको लागि नेपाली काङ्ग्रेस तेमाल गाउँपलिका–७ का अध्यक्ष पदमा इन्द्रलाल तामाङले उम्मेदवारी दिएका छन् । नेपाली काङ्ग्रेस तेमाल गाउँपालिका वडा न –७ का अध्यक्ष पदका उम्मेदवार यतिबेला घर दैलो सङ्गै ७ नं वडाका भावी योजनाका साथ तेमाल–७ लाई कसरी बिकास गर्ने र वडाका लागि कस्ता योजना आवस्यक रहेको भन्दै वडावासी सङ्ग सल्लाह तथा सुझाव लिदै तामाङ अघि बढेका छन् । शिक्षा, स्वास्थ्य , कृषि उद्योग र रोजगारि, भौतिक निर्माण तथा यातायात, सुचना तथा प्रविधि र अन्य प्रतिबद्धताहरुका साथ मतदाताहरुको घर दैलोमा पुगेका तामाङलाई यति बेला घर दैलोमा मतदाताहरुले भव्य स्वागत गरिरहेका छन् ।
वडाको सबै बिकासका लागि बौद्धिक, राजनीतिक, इमान्दार , र भिजन भएका नेपाली काङ्ग्रेसका युवा नेता इन्द्रलाल तामाङ जस्तो अध्यक्षको उम्मेदवार पाउनु र भोलिका दिनमा उनलाइ नै जिताउन आवस्यक रहेका मतदाताहरुले प्रतिक्रिया दिएका छन् । सझा सङ्कल्प दिगो शान्ती, सम्बिधानको रक्षा , संघीयताको कार्यन्वयन,सबल तथा सक्षम भ्रस्टाचारमुक्त,जनुत्तरदायी स्थानिय सरकार निर्माणको लागि बनेका उम्मेदवारहरुले सक्षम नगरिक, दिगो बिकास, समुन्नत समाज, स्वच्छ र सुन्दर वातावरण ,शुससान वडा निर्माण गर्ने सझा सङ्कल्प लिएर उम्मेदवारहरु घर घरमा पुगेका छन् ।
घर दैलो अभियान अन्तर्गत साबिक चापाखोरी गबिस वडा न १ काल्धर देखि सुरु गर्दै वडा न ९ पुगेर चौथो दिन आज गाउँपालिका अध्यक्ष चद्र बहादुर लामाको प्रमुख अथित्यतामा तेमाल गाउँपालिकाको रंगशालामा कोणसभा गरेर समापन भएकोे छ ।