काभ्रे,
दुर्गम तथा पिछडिएको क्षेत्रबाट अध्ययनका लागि काठमाडौं आई बसेका विद्यार्थीका लागि विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिने भएको छ । अतिदुर्गम, पिछाडिएका क्षेत्र र अन्य क्षेत्रलाई स्तरीकरण गरेर निःशुल्क र केही प्रतिशत छुट अनुदानमा विद्यार्थीलाई चुल्हो वितरण गर्ने लक्ष्यसहित आवेदन माग गरेको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, जैविक उर्जा शाखा प्रमुख डा. रणबहादुर थापाले जानकारी दिएका छन । आन्तरिक विद्युत उत्पादन बढ्दै गएपछि सरकारले विद्युत खपत बृद्धि गर्न र नेपाली पुँजी बाहिरिनबाट बचाउन दुई हजार वाट क्षमताको एक मुखे चुल्हो वितरण गर्ने थापाले जानकारी दिएका छन ।
केन्द्रले चुल्हो वितरणका लागि टेन्डर प्रकृया अघि बढाएको जनाएको छ । एलपिजि ग्याँसको मूल्य बढेसँगै स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले चुल्हो वितरण गर्ने भएको हो ।